प्रतिबन्ध फुकुवा पछि ‘विप्लव’ नेतृत्वको ताप्लेजुङ जिल्ला कमिटी सदस्य पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ताप्लेजुङ जिल्ला कमिटी सदस्य पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बिहीबार राति सदरमुकामबाट सक्कल भन्ने सागर लिम्बुलाई पक्राउ गरेको प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए।

उनका अनुसार लिम्बु गत वर्ष परेको विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ परेका हुन्। अदालतले नै पक्राउ पुर्जी जारी गरिसकेको हुँदा पक्राउ गरेको पोखरेलले बताए।

‘उनीविरूद्ध विस्फोटक पदार्थको मुद्दामा अदालतबाट पक्राउ पुर्जी आएको थियो। हिजो हामीले पक्राउ गरेर उहाँलाई अदालतमा बुझाएका छौं। अदालतले केही आदेश देला,’ प्रहरी निरीक्षक पोखरेलले भने।

उनलाई शुक्रबार जिल्ला अदालत ताप्लेजुङमा उपस्थित गराएको उनले बताए।

गत फागुन २१ गते सरकार र विप्लव नेतृत्वको नेकपाबिच तीन बुँदे सहमति भएको थियो। त्यसको तेस्रो बुँदामा विप्लव नेतृत्वको पार्टीलाई लगाइएको प्रतिबन्ध हटाउने र कार्यकर्तालाई रिहा गर्ने तथा सबै मुद्दा खारेज गर्ने सहमति भएको थियो।

सहमतिपछि पनि विप्लवका सबै नेताहरू रिहा भइसकेका छैनन्। प्रतिबन्ध हटाएपछि पक्राउ पर्ने लिम्बु पहिलो नेता हुन्।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button