प्रचण्ड–माधवको अडान,अदालतले गरेको फैसला नमान्ने घोषणा

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको स्वामित्व ऋषि कट्टेललाई दिएपछि तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदर भएको छ ।

सर्वोच्च अदालतको यस्तो फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओली (तत्कालीन एमालेलाई अघि बढाउने र पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्ष फैसलाविरुद्ध पुनरावलोकन गर्ने तयारीमा लागेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको नाम विवादको सम्बन्धमा रिट निवेदक ऋषिराम कट्टेलले उक्त नाम खारेज गरिपाऊँ भनेर मात्रै रिट दायर गरेका थिए, न कि नेकपाको एकीकरण नै खारेज गरिपाऊँ भन्ने निवेदनमा उल्लेख थिएन । तर सर्वोच्चका न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले भने रिट निवेदकले माग नै नगरेको नेकपाको एकीकरण नै भङ्ग गरिदिए ।

नाम जुधेकामा उक्त नाम परिवर्तन गराइपाऊँ भन्ने रिट निवेदनमा सर्वोच्चले कानुनी सिद्धान्तभन्दा बाहिर गएर एकीकरण नै भङ्ग गरिदिने गरी फैसला गरेपछि यसले कानुनी र संवैधानिक जटिलता थपेको कानुन व्यवसायीहरुको तर्क छ ।

पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपालले नेतृत्व गरेको बहुमत पक्ष फैसलाको पुनरवलोकनमा जाने निष्कर्षमा पुगेको छ। उनीहरुले अहिले नेकपाकै रुपमा गतिविधि अघि बढाउने बताएका छन्।

त’नावग्र’स्त बनेका प्रचण्डले भोलि आफू पक्षीय स्थायी कमिटी बैठक बोलाएका छन्। ओली पक्षले यो फैसलालाई आगामी दिनमा वैज्ञानिक पार्टी एकतामा सहयोगी बन्ने प्रतिक्रिया दिएको छ। तर अब सांसदहरुको हैसियत के होला? अड्कलबाजी आआफ्नै किसिमले भएका छन्।

यो संगै सर्वोच्च अदालतको फैसला बमोजिम पुनःस्थापित भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जबर्जस्ती निर्वाचन आयोगबाट एमाले र माओवादी केन्द्र दर्ता गर्न खोजिए राम्रो नहुने चेतावनी दिएका छन् ।

प्रमुख निर्वाचन आयुक्तले यसअघि नै एमाले र माओवादी केन्द्र दर्ता भइसकेकोले अब सर्वोच्चको फैसला कार्यान्वयनमा जाने भनी दिएको भन्ने अभिव्यक्तिप्रति प्रतिक्रिया दिंदै प्रचण्डले राम्रो नहुने चेतावनी दिएका हुन् ।

कानून व्यवसायीले प्रचण्डलाई न्यायिक पुनरावलोकनमा जान सुझाव दिएका छन् । अर्कोतिर प्रधानमन्त्री केपी शर्मा ओली पक्षले भने नेकपा एमालेलाई क्रियाशील बनाउने भएको छ।

प्रचण्ड–नेपाल पक्षले अदालतको फैसला त्रुटिपूर्ण रहेको र त्यो कार्यान्वयन हुन नसक्ने निष्कर्ष निकालेको छ। ओलीले भने आफ्नो पक्षको संसदीय दलको बैठकमा नेकपा एमालेको बैठक चाँडै बोलाउने बताएका छन्। ‘सूर्य चिन्ह कसको हो भन्ने विषयमा पनि अदालतको फैसलाले टुंग्याइदिएको छ,’ ओलीको भनाइ थियो।

ओलीले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने बताइरहेको बेला आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकमा उनीनिकट सांसदले तत्कालीन एमालेलाई नै अघि बढाउन सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button