प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक मध्यान्ह १२ बजे
११ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ।
आज मध्यान्ह १२ बजे स्थायी कमिटी बैठक बस्न लागेको हो। नारायणकाजी श्रेष्ठका अनुसार आइतबार मध्यान्ह १२ बजे पेरिसडाँडामा स्थायी कमिटी बैठक बस्नेछ।
श्रेष्ठले शनिबार पदाधिकारीहरू अनौपचारिक रूपमा छलफलमा जुटेको पनि बताए। आज बस्ने स्थायी कमिटीका एजेन्डाबारे उक्त बैठकमा छलफल भएको थियो।
प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टिकरण सोधेको थियो। ओलीले जवाफ भने दिइसकेका छैनन्।
प्रचण्ड-नेपाल पक्षले यसअघि ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको थियो। स्पष्टिकरण नदिएमा पार्टीको साधारण सदस्य हटाउने निर्णय स्थायी कमिटीले गर्ने एक नेता बताउँछन्।
तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1