प्रचण्ड-नेपाल नेतृत्वले फागुन १ गते देशभर जनयुद्ध दिवस मनाउने
प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले फागुन १ गते देशभर जनयुद्ध दिवस मनाउने भएको छ।
जनयुद्ध दिवस मनाउन केन्द्रीय कार्यालयबाट सबै जिल्लामा सर्कुलेसन गरिएको छ।
सहिद स्मृति तथा सम्मान कर्यक्रमको ब्यानरमा आफ्नो अनुकूलतामा सबै जिल्लालाई जनयुद्ध दिवस मनाउन भनिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताए।
त्यस्तै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केन्द्रको तर्फबाट कार्यक्रम आयोजना गरिएको ढकालले बताए।
केपी शर्मा ओली नेतृत्वको नेकपाले भने पार्टीका तर्फबाट कुनै कार्यक्रम राखेको छैन।
फागुन १ गते पार्टीका तर्फबाट कुनै कार्यक्रम नरहेको ओली समूहको केन्द्रीय कार्यालयका सचिव इश्वरी रिजालले बताए।
तत्कालीन नेकपा माओवादीले २०५२ फागुन १ गतेबाट सशस्त्र द्वन्द्व थालेको थियो। माओवादी शान्ति प्रक्रियामा आएपछि पनि सोही दिनको सम्झनामा जनयुद्ध दिवस मनाइन्छ।
तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1