प्रचण्ड, देउवा र नेपाललाई खबरदारी र तिब्र घृणा प्रकट गरौं : ईश्वर पोखरेल

रक्षामन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल, माधव कुमार नेपाल र शेरबहादुर देउवाले सरकारले महिला हिंसाका दोषीलाई दण्डित गर्न ल्याएको अध्यादेश प्रतिनिधिसभामा टेबुल गर्न नदिएको दाबी गरेका छन् ।

अनेम संघले शनिबार काठमाडौंमा गरेको महिला अगुवाहरुको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले महिला अधिकारको कुरा गर्ने ,कम्युनिष्ट हुँ भन्ने, प्रजातन्त्र र लोकतन्त्रको दुहाई दिएर कहिले देख्नेहरुनै महिला अधिकार र सुरक्षाको विरुद्धमा अग्रपंक्तिमा उभिएको दाबी गरे ।

उनले भने, “कम्युनिष्ट हुँ भनेर लोकतन्त्रको पक्षधर छु भनेर नथाक्नेहरुले त्यसलाई टेबुल गर्न दिएनन् । महिलामाथि एसिड आक्रमण गर्ने अपराधीहरूलाई दण्डित गर्न ल्याइएको अध्यादेश टेबुल गर्न दिएनन् ।

महिलामाथि हिंसा गर्नेहरूमाथि दण्डित गर्ने अध्यादेश थियो त्यसलाई टेबुल गर्न दिएनन् । त्यसको विरोध गर्ने क्रममा अग्रपंक्तिमा पुष्पकमल दाहाल, माधव कुमार नेपाल, शेरबहादुर देउवा उभिनुभएको थियो । हामीहरू उहाँहरुका यी कुराहरुलाई घृणापूर्वक अस्वीकार गर्दछौ । महिला हिंसाको विरुद्धमा हामीले जुन कदम चालेका थियौ त्यो चिज कायम रहने छ ।

एसिड आक्रमण गर्ने अपराधीहरूलाई दण्डित गर्ने कुरा,बलात्कार जस्तो जघन्य अपराध गर्नेहरुलाई दण्डित गर्ने कुराका लागि हामी यो मुलुकमा कानून बनाएर दण्डित गर्ने छौ ।

यो कुरा पनि तपाईहरुलाई म विश्वास दिलाउन चाहन्छु । त्यस्ता नक्कली कुरा गर्ने पात्रहरु छन्, जुन ऐन केपी ओलीले जस लिने वा केपी ओली नेतृत्वको सरकारले मात्रै जस लिने कुरा थिएन आम नागरिक र महिला समुदायको हितमा थियो यो चीज तर यसलाई रोक्ने काम गरियो ।

हामी यो सभाबाट त्यस्ता कुकर्मका विरुद्धमा विरोध र भत्र्सना गरौ भन्ने प्रस्ताव म राख्न चाहन्छु । ”

उनले भने, “मुलुकमा राजनीतिक अस्थिरताको घिनलाग्दो खेल सुरु गरिएको छ । राष्ट्रिय स्वभिमान, स्वतन्त्रताको विपक्षमा वातावरण बनाउनका लागि सहयोग पुर्याउने काम गरिएको छ ।

मुलुकमा अराजकता र अस्थिरता श्रृजना गर्ने, सामाजिक सद्‌भावलाई भड्काउने काम गरिएको छ ।

हामी सबैले ती कुकर्मको विरोध गर्नुपर्ने जरुरी छ । देशको राजनीतिमा देखा परेका यी प्रवृत्तिहरू र यी प्रवृत्ति बोक्ने पात्रहरूको विरुद्धमा हामीले शसक्त ढंगले आफुलाई उठाउनुपर्ने जरुरी छ । यसप्रति हाम्रो खबरदारी र तिब्र घृणा प्रकट हुनुपर्छ भन्ने म राख्न चाहन्छु  ।”

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
7
+1
1
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button