प्रचण्ड डि’प्रेसनमा !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान र गणतन्त्रविरोधी भएको आरोप लगाउँदै विदेशीबाट पालित–पोषित व्यक्ति भनेपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा आ क्रोशित भएका छन्।

प्रचण्डले त्यस्तो भाषण गरेको भोलिपल्ट सोमबार (आज) बिहान आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै एमालेका केन्द्रीय सदस्यसमेत रहेका थापाले आ क्रोश पोखेका हुन्।

त्यस क्रममा उनले प्रचण्डलाई ‘डि प्रेसनमा परेको’जस्तो ग म्भीर आरोप लगाउन पनि पछि परेका छैनन्। थापाले लेखेका छन्, ‘तथ्यहीन र दुराशयपूर्ण आरोप र गा’लीग’लौज त कसैले सुन्दैन, पत्याउँदैन र विश्वास पनि गर्दैन।’

थापाले सामाजिक सन्जाल फेसबुकमा लेख्दै भनेका छन्, ‘पुष्पकमल दाहालको मनोदशा क्रमशः बिथोलिएर पूर्वाग्रह र द्वेषको दलदलमा यसरी भासिएको छ कि डिप्रेसनमा फस्दै जाँदा शायद यस्तै यस्तै मनोदशा प्रकट हुने गर्छ ! धेरै पहिले एकजना मनोविद्ले भनेको सम्झन्छु, यस्तो समस्यामा परेका मानिसहरू असफलता र निराशाको सिकार बन्दै जान्छन् र समयक्रममा आत्महत्या गर्न समेतपछि पर्दैनन् । प्रचण्डलाई संभवतस् यही प्रकारको समस्याले ग्रस्त पारिरहेको छ कि!।’

थापाले लेखेको जस्ताको तस्तै

एउटा भनाइ चर्चित छ, रिसाएको बिरालोले खाबो चि’थोर्छ !

पुष्पकमल दाहालको मनोदशा क्रमशः बिथोलिएर पूर्वाग्रह र द्वेषको दलदलमा यसरी भासिएको छ कि डि प्रेसनमा फस्दै जाँदा शायद यस्तैयस्तै मनोदशा प्रकट हुने गर्छ ! धेरै पहिले एकजना मनोविद्ले भनेको सम्झन्छु, यस्तो समस्यामा परेका मानिसहरू असफलता र निराशाको सि कार बन्दै जान्छन् र समयक्रममा देहत्याग गर्न समेत पछि पर्दैनन् । प्रचण्डलाई संभवत: यही प्रकारको समस्याले ग्रस्त पारिरहेको छ कि !

विगतमा दस बर्ष सशस्त्र आन्दोलन गरेर १७ हजार नागरिकको जीवनलीला समाप्त गर्दा, नेपालका भौतिक पूर्वाधारमा ब म ब्ला’स्ट र आ’गज’नी गरी बि’ध्वंस पा’रेर देशलाई ५० बर्ष पछाडि धकेल्ने कृ’त्य गर्दा, अनि हिं ‘सा म’च्चा’उँदा उहाँलाई कसले पालित पोषित गरेर कहाँको पावनभूमिमा सुरक्षित गरेको थियो ?

नोयडा, दिल्ली, सिलिगुडी, लखनउ, पटना, पञ्चाय, गोरखपुरआदि ठाउँ कहाँ पर्छन्, जहाँ उहाँले नेपालका विभिन्न नेताहरूलाई भेट्न बोलाउने गर्नुभएको थियो ? र, १२ बुँदे समझदारी कहाँ भएको थियो ?

उहाँले कसको सुरक्षा र ज्वाइँ सत्कारमा त्यहाँ जिविकोपार्जन गर्नुभएको थियो ? नेपालका वि द्रोही नेता कहाँ र कसको पोल्टामा पालितपोषित र सुरक्षित थियो ९.५ बर्षसम्म ? कहाँ कस्तो कायलनामा कागज गरेर त्यस्तो सुविधा, सत्कार र सुरक्षा प्राप्त भएको थियो महाशयलाई ?

आज धेरै बकबक नगरेर ऐनामा आफ्नो अनुहार हेर्दा र राष्ट्रविरूद्द गरेका तमाम अ पराधमा पश्चाताप गर्दा बरू मानसिक शान्ति मिल्थ्यो होला कि ?

आज जनताले कसरी लिने गरेका छन् रु तपाईंको केपी शर्मा ओलीसँग तुलना हुने त कुनै पक्ष त छ ? राम्रोसँग हेक्का राखेर लज्जाबोध गर्नु श्रेयस्कर होला! तथ्यहीन र दुराशयपूर्ण आरोप र गा’लीगलो’ज त कसैले सुन्दैन, पत्याउँदैन र विश्वास पनि गर्दैन ।

-एजेन्सी

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button