प्रचण्डले गरे यस्तो ठोकुवा

काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा र आफूहरु उस्तै नरहेकाे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएकाे छ ।

विपक्षी गठबन्धनका विद्यार्थी संगठनका अध्यक्षहरूसँगको भेटमा प्रचण्डले केपी ओली र आफूहरु उस्तै नभएकाे बताउनु भएकाे हाे । केपी ओली र आफूहरु कुनै पनि कोणबाट उस्तै नभएको भन्दै प्रचण्डले यसका लागि विगतदेखिका नेपाली इतिहासका तथ्य र प्रमाणहरुले प्रष्ट पारेका दाबी गर्नुभयाे ।

‘सम्पूर्ण रुपमा आत्मसमर्पण गर्ने केपी ओली र हामी त्यसका विरुद्ध वि’द्रोह गर्ने उस्तै हुनै सक्दैन, २०१७ सालतिर केशरजंग रायमाझी सामन्तका पक्षमा लागे भने पुष्पलाल जनताको अधिकारका लागि ल’ड्नुभयाे, दुबैलाई उस्तै भन्ने त ?’- प्रचण्डकाे भनाइ छ ।

ओली अहिले कमजाेर बन्दै जानुभएकाे तर आफूहरु बलियाे अवस्थामा पुगेकाे पनि प्रचण्डले दाबी गर्नुभयाे ।

केपी ओली जनताको सार्वभौम अधिकार प्रयोग गर्न नदिने डिजाइनको खल पात्र बन्दै जानुभएकाे गम्भीर आराेप पनि प्रचण्डले लगाउनुभयाे । नेतालाई जनताका पक्षमा दृढ रही आन्दोलित गराई राख्न युवा विद्यार्थीले प्रेरित गर्नुपर्ने प्रचण्डले बताउनुभयाे ।

विद्यार्थीहरुले परिस्थितिको सही मुल्यांकन गर्दा युवाहरुमा सही कुराको सम्प्रेषण हुने प्रचण्डकाे भनाइ छ ।

माधवले ओलीलाई गलाउन थाले यस्तो रणनीति

एमालेका वरिष्ठ नेता माधव नेपालले अध्यक्ष केपी ओलीलाई विश्वास गर्न नसक्दा विवाद समाधानले गति लिन सकेको छैन।

दई दिनयता विवाद समाधानका दिशातर्फ बढेको भन्दै एमाले नेताहरू उत्साहित देखिए पनि प्रगति हुन नसक्दा बिहीबार बस्ने भनेको कार्यदलको बैठक बस्न सकेन।

२०७५ जेठ २ को पार्टी संरचनामा फर्कन ओलीले आनाकानी गरेकाले अन्य विषयमा विश्वास गर्न नसकिने भनाइ नेपालबाट आएपछि कार्यदलको बैठकसमेत प्रभावित भएको हो। बैठक बस्न साँझ सिंहदरबारमा कार्यदल सदस्य भेला भए पनि कुनै छलफल भएन। ओली पक्षका विष्णु पौडेल उपस्थित नभएपछि शुक्रबार ११ बजे बैठक बस्ने भन्दै कार्यदलका अरू सदस्य बाहिरिएका थिए।

पौडेलको अनुपस्थितिले कतै ओली फेरि जालझेलमा लागे कि भन्ने शंका उत्पन्न भएको नेपाल समूहका एक नेताले बताए। ओलीको ध्यान सर्वोच्च अदालतमा परेको रिटमा गरिएको हस्ताक्षर फिर्ता गराउनेतर्फ केन्द्रित हुँदा समस्या उत्पन्न भएको उनको बुझाइ छ।

बिहीबार साँझ नेताहरू निकै उत्साहका साथ कार्यदलको बैठकमा भाग लिन सिंहदरबार पुगेका थिए। ओली पक्षका सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीपकुमार ज्ञवाली र विष्णु रिमालका साथै नेपाल पक्षका भीम रावल, घनश्याम भुसाल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त बैठकमा सहभागी हुन पुगेका थिए।

एकै छिनमा कार्यदलको बैठक शुक्रबार बिहान ११ बजेसम्मलाई स्थगित भएको बताएर नेम्बाङ बैठकस्थलबाट निस्केका थिए।

बैठकस्थलबाट बाहिरिने क्रममा नेपाल पक्षका नेता भुसालले १० दिनअघि तय गरेका अजेन्डामै विवाद अड्किएको बताए। यसले विवाद मिल्ने दिशातर्फ भनी मंगलबार र बुधबार गरिएको दाबीको समेत खण्डन गरेको छ।

नेता नेपालले सम्मानजनक सहकार्य र सहमति खोजिरहेका छन्। उनले निर्वाचन आयोगलगायत संवैधानिक निकायमा आफ्नो पनि हस्ताक्षर चल्नुपर्ने प्रस्ताव गरेका छन्। सो विषयमा ओलीले सहमति जनाउन सकेका छैनन्।

‘नेपालले जे विषयवस्तु उठाउनुभएको छ त्यो विषयमा ओलीको सहमति छैन त्यसकारण पनि कार्यदलको बैठक बस्न ढिलाइ भएको हो। कार्यदलको बैठकमा शक्ति सन्तुलन र सांगठनिक तथा राजनीतिक भागबन्डाको विषय उठेको थिएन।

दुई नेताहरू बुधबार संवादमा बस्दा यो विषय उठेको हो’, कार्यदलका एक सदस्यले भने।

‘कार्यदलमा छलफल नै नभएको विषयमा दुवै नेता कुरा उठाउँछन् र दुवै मिल्नेभन्दा पनि विवाद लम्ब्याउन लाग्छन्, यही कुरा हामीले बुझ्न सकेका छैनौ’, ओली पक्षका एक नेताले भने। यो समाचार नागरिक दैनिकमा छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button