प्रचण्डलाई रावलको प्रतिप्रश्न : हाम्रो स्थितिमा हुनुभएको भए त्याग गर्न तयार हुनुहुन्थ्यो ?

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिको प्रतिवाद गरेका छन्।

रावलले सांसद् पदबाट राजीनामा दिएपछि प्रचण्डले प्रतिगमनविरुद्धको पाँच दलीय गठबन्धनबाट रावललाई ‘ढलेको’ सार्वजनिक अभिव्यक्ति दिएका थिए।

सामाजिक सञ्जालमार्फत् प्रतिप्रश्न गर्दै एमाले फुट्नबाट जोगाउनका लागि आफूले त्याग गरेको बताएका छन्।

‘हामीले सांसद् पद मात्र होइन, राजनीतिक भविष्यसमेत दाउमा राखेर प्रतिनिधि सभाको पुनःस्थापना र देउवाजीलाई प्रम बनाउन योगदान पुर्‍यायौँ, उनले प्रश्न गरेका छन्, ‘हाम्रो स्थितिमा हुनुभएको भए के प्रचण्डजी हाम्रोजस्तै त्याग गर्न तयार हुनुहुन्थ्यो ?’

उनले प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएर आफू ‘नढलेको’ बताउँदै एमालेलाई ढाल्ने षड्यन्त्रका विरुद्ध उभिएको बताएका छन्।

‘कोही पनि आफ्नो पार्टी फुटाएर अरू कसैका सामु लम्पसार पर्न गठबन्धनमा सामेल भएका होइनन्’, उनले लेखेका छन्, ‘साझा स्वार्थ मिल्दासम्म सहयात्रा गर्ने कुरा मात्र हो।’

नेता रावलले प्रधानमन्‍त्री शेरबहादुर देउवालाई विश्‍वासको मत दिने कि नदिने विवादकै बीच साउन ३ गते प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका थिए।

२०७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भन्दै राजीनामा दिएका थिए।

तर उनले पुन: पदबाट दिएको राजीनामा साउन ८ गते फिर्ता लिएका छन् ।

११ किलो चरेशसहित ३ जना पक्राउ

सर्लाहीको मलंगवाबाट प्रहरीले ११ किलो लागु औषध चरेशसहित ३ जनालाई पक्राउ गरेको छ।

नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा नेपाल भारत सीमा नजिक मलंगवा नगरपालिका २ बाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले चरेशसहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

पक्राउ  पर्नेमा मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नं. ११ बीरबहादुर बल, सोही जिल्ला कैलाश गाउँपालिका वडा नं. ५ का सुकराम पाख्रीन र काभ्रे जिल्ला नमोबुद्ध नगरपालिका वडा नं. ११ का सुकलाल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिएका छन्। 

प्रहरीले शंका लागेर चेकजाँच गर्दा बलको साथबाट ५ किलो ५०० ग्राम चरेश र एक थान मोबाइल, पाख्रीनको साथबाट ५ किलो ६०० ग्राम चरेश र तामाङको साथबाट एक थान मोबाइल त्यसमा लागेको एक थान नेपाली एक थान भारतीय सीम र १६ हजार भारतीय रुपैयाँ बरामद भएको छ।

प्लाष्टिकको ग्यालेनमा चिप्स बनाएर ब्यागमा लुकाइ लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको छ।

ग्यालेनमा ४५ ओटा चिप्स बनाइ राखेको अवस्थामा चरेश बरामद गरिएको हो।

पक्राउ परेकाहरु माथि लागु औषध सम्बन्धी मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ। 

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button