‘प्रचण्ड’को अवसरवादी र आपराधिक अभ्यासका कारण पार्टी एकता संकटमा छ : इश्वर पोखरेल
१५ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अवसरवादी, अविश्वसनीय र आपराधिक अभ्यासका कारण पार्टी एकता संकटमा पुगेको आरोप लगाएका छन् ।
निर्वाचन आयोगको निर्णय र नेकपाको भविष्यका बारेमा सार्जवनिक रुपमा टिप्पणी गर्दै नेता पोखरेलले ‘प्रचण्ड’को सत्ता स्वार्थकै कारण पार्टी एकता संकटमा पुगेको बताएका हुन ।
निर्वाचन आयोगले दुवै पक्षलाई वैधानिकता नदिएको अवस्थालाई टिप्पणी गर्दै पोखरेलले प्रचण्ड-नेपाल पक्षले जंगली महत्वाकांक्षा बोकेर आमजनता र पार्टीका लाखौं कार्यकर्ताहरूलाई रूवाएर गरिएका आत्मघाती कामहरूका बारेमा पश्चाताप गर्ने र क्षमा माग्न आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1