प्रकृतीबीना जिवन छैन भन्दै यस्तो तस्बिर ट्वीटरमा राखेको १० मिनेटमै डा दीपालाई प्राकृतिक विपत्तीले लग्यो, प्रधानमन्त्रीले दुख ब्यक्त गरे सामाजिक सञ्जालमा लाखौं श्रद्धाञ्जली

एजेन्सी । डाक्टर दीपा सामाजिक सञ्जालमा निकै सकृय थिइन् ।

त्यसैले पनि उनको निधनमा सामाजिक सञ्जालमा लाखौंको श्रद्धाञ्जली ब्यक्त गरिएको छ । प्रकृतिसंग निकै रमाउने डा दीपालाई प्राकृतिक विपत्तीले नै लग्यो ।

उनी निधन हुनुभन्दा १० मिनट अघि सम्म प्रकृतिसंग रमाएकी थिइन् ।

सामाजिक सञ्जालमा तस्बिर पोष्ट गरेको १० मिनेटमै उनलाई प्राकृतिक विपत्तीले लगेको हो ।

उनले लगातार आफ्नो यात्रा सोशल मिडियामा अपडेट गरिरहेकी थिइन्, मानिसहरूलाई प्रकृतिको सुन्दर दृश्यहरूबारे जानकारी दिँदै थिइन् ।

तर दीपा र सामाजिक सञ्जाल हेर्ने कसैले पनि १० मिनेटमै दीपाको यो संसारमै रहनेछैनन् भन्ने कल्पना गरेका थिएनन् ।

भारत हिमाचल प्रदेशको किन्नौरमा आइतवार भएको दुर्घटनामा दीपा पनि अस्ताइन् ।

पहिरोमा जम्मा नौ जनाको मृत्यु भयो। यसमा आयुर्वेद डाक्टर दीपा शर्मा पनि थिइन् जसले आधा घन्टा अगाडि उनको तस्विर पोष्ट गरेर लेखेकी थिइन् प्रकृति बिना जिवन छैन ।

आइतबार घटना हुनुभन्दा आधा घण्टा पहिला उनले ट्वीटरमा एक तस्बिर सार्वजनिक गरेकी छन् ।

उनले लेखिन् कि मअहिले भारतको अन्तिम बिन्दुमा उभिएकी छु, जहाँसम्म साधारण नागरिकहरूलाई जान दिइन्छ। तिब्बत यसभन्दा ८० किलोमिटर अगाडि छ, जुन चीनले ओगटेको छ।

सोशल मीडियामा दीपा शर्माको यो तस्वीर मान्छेहरूले मन पराएका छन् ।

यस यात्राको आनन्द उनको अनुहारमा पनि देखिन्थ्यो, तर कसैलाई थाहा थिएन कि यो अन्तिम तस्वीर हो। सोशल मीडियामा उनका प्रशंसकहरू ३४ वर्षीया दीपा शर्माको आकस्मिक निधनबाट अचम्मित छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस घटनामा शोक व्यक्त गरेका छन्। उनले घाइतेलाई छिटो स्वस्थ हुने कामना पनि गरे।

प्रधानमन्त्रीले प्रत्येक पीडितको परिवारका लागि २ लाख र घाइतेलाई ५० हजार रुपैया सहयोग घोषणा गरेका छन्। यो दुर्घटना आइतबार दिउँसो साढे १ बजे किन्नौरमा भएको थियो ।

मन्दिर बनाउन जग खन्दा प्राचीन मूर्ति भेटिए

अग्निसाइर कृष्णसवरन गाउँपालिका–२ स्थित अग्निसाइर मन्दिर निर्माण गर्न जग खन्ने क्रममा २९ वटा कलात्मक मूर्ति भेटिएका छन् ।

मन्दिरका अध्यक्ष सुरेश चौधरीले मन्दिर परिसरमा आज आयोजित एक कार्यक्रममा ती मूर्ति अग्निसाइर मन्दिरका पुजारीलाई ती मूर्ति हस्तान्तरण गर्नुभएको हो ।

मन्दिर बनाउन जग खन्ने क्रममा ढुङ्गामा कुदिएका कलात्मक मूर्ति भेटिएका र तिनलाई सुरक्षित रुप्मा व्यवस्थापन गर्न वडा कार्यालयलाई जिम्मा दिने निर्णय भएको मन्दिरका पुजारी चौधरीले बताउनुभयो ।

मूर्ति हस्तान्तरण गर्नुअघि सर्वसाधारण र स्थानीय जनप्रतिनिधिहरूको उपस्थितिमा तिनलाई सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ का वडाध्यक्ष पशुपति चौधरी, साविक सीतापुर गाविसका पूर्वअध्यक्ष सहवीर चौधरी, साविक हरिहरपुर गाविसका अध्यक्ष बद्रीनारायण चौधरी, राजनैतिक दलका प्रतिनिधि, सामुदायिक वनका पदाधिकारीको उपस्थिति थियोे ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button