पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा निगमको कार्यालय घेराउ, तस्बिरमा हेर्नुहोस्

पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै अखिल (क्रान्तिकारी) नेपाल आयल नियमको कार्यालय घेराउ गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्नुपर्ने माग गर्दै उनीहरुले प्लेकार्ड प्रदर्शन गर्नुका साथै नाराबाजीसमेत गरेका थिए ।

यसअघि पाँच विद्यार्थी संगठनहरुले पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल आयल निगमलाई ज्ञापन पत्र बुझाएको थियो ।

लकडाउनले आम उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको पीडादायी अवस्था भएकाले नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैटौँ) ले निगमलाई ज्ञापनपत्र बुझाएको हो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता नलिए संयुक्त विद्यार्थी संगठनले कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लिक्विड अक्सिजन ट्याङ्क स्थापना

नेपाल सरकारले उपलब्ध गराएको ८० लाख बजेटबाट धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लिक्विड अक्सिजन ट्याङ्क स्थापना गरिएको छ ।

प्रतिष्ठानमा स्थापना भएको २० हजार लिटर क्षमताको लिक्विड अक्सिजन ट्याङ्क स्थापनासँगै बुधबारबाट सञ्चालनमा ल्याइएको छ ।

ट्याङ्क स्थापना गरिए सँगै अब मुख्य अक्सिजन प्लान्ट बिग्रँदा वा मर्मतको लागि बन्द गर्नुपर्ने अवस्था आउँदा लिक्विड अक्सिजन ट्याङ्कबाट कोभिड अस्पताल वा नन् कोभिड वार्डहरूमा अक्सिजन सप्लाई गरिने प्रतिष्ठानका सह प्रवक्ता डा चूडामणि पोखरेलले जानकारी दिए । ‘

यो वैकल्पिक अक्सिजनको व्यवस्थापन हो, ब्याकअपको रुपमा रहन्छ,’उनले भने,‘अक्सिजन प्लान्ट चलेन र सिलिन्डर पनि भएन भने पनि यो ट्याङ्कले ५,६ दिन धान्न सक्छ ।’

प्रतिष्ठानका अनुसार लिक्विड अक्सिजन ट्याङ्कबाट पाइप लाइनबाट विभिन्न वार्डहरूमा र कोभिड अस्पतालमा अक्सिजन सप्लाईको व्यवस्था मिलाइएको छ । प्रतिष्ठानमा यसअघि नै अक्सिजन प्लान्ट सञ्चालनमा रहेको छ ।

त्यहाँबाट प्रतिमिनेट १६ सय लिटर अक्सिजन उत्पादन हुँदै आएको छ ।

यो प्लान्ट बिग्रँदा, कम क्षमतामा चल्दा वा उत्पादनमा तलमाथि भएमा लिक्विड ट्याङ्कबाट अक्सिजन पठाइने सह प्रवक्ता डा पोखरेलले बताए । ‘वीपीमा अब अक्सिजनको ब्याकअप भयो । सिलिन्डरहरूमा भरेर ल्याउने झन्झट पनि हुँदैन ।

सबै वार्डहरूमा पाइपलाइन विस्तार हुँदा सिलिन्डरको रिप्लेस हुन्छ,’उनले भने,अब बिरामीलाई अक्सिजनको कमी भएर ज्यान जाने स्थिति हुँदैन ।’

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button