पृथ्वी राजमार्गअन्तर्गत धादिङमा पहिरोले ५ सवारी साधन पुरिएः दुईको मृत्यु, ६ जना घाइते

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा पहिरोमा पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

अन्य ६ जना घाइते भएका छन् । प्रजा सोही ट्रकमा मृत फेला परेका हुन् भने सोनीको आज बिहान उपचारको क्रममा गण्डकी अस्पताल पोखरामा मृत्यु भएको हो ।

बेनिघाट रोराङ गाउँपालिका-१० स्थित राजमार्गमा काठमाडौँ तर्फबाट मुग्लिनतर्फ जाँदै गरेको पहिरोले सवारीसाधन पुरिँदा ना ८ ख ४५४० नम्बरको ट्रकमा सवार चितवनको राप्ती नगरपालिका वडा नं ६ का ४० वर्षीय हरिबहादुर प्रजा , चितवन भण्डाराका ३६ वर्षीय सुदिप प्रजा घाईते भएका छन्।

घाईतेहरुको चितवनमा उपचार भइरहेको छ। त्यस्तै, ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतका ५५ वर्षीय राकेश कुमार, ७ वर्षीय शुभम कुमार, २७ वर्षीय सन्देश कुमार र २५ वर्षीय राजा कुमार घाईते भएका छन्।

उनीहरुको पोखराको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिए। अविरल वर्षासँगै पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

विहीबार रातीदेखि नै अवरुद्ध रहेको नारायणगढ–मुग्लिन सडकमा थप पहिरो र लेदोमाटो झर्दा काठमाडौंबाट गएका सवारीहरु मुग्लिनमा र पूर्व तथा पश्चिमबाट राजधानी आएका सवारीसाधनहरु नरायणगढमै रोकिएका छन् । मालबाहक तथा यात्रुबाहक सवारीको लामो लाइन लागेको छ ।

वर्षा नरोकिएकाले पहिरो पन्छाउने काम सुरु हुन सकेको छैन । नारायणगढदेखि काठमाडौंसम्म सात स्थानमा ठूलो पहिरो गएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । तीमध्ये मुग्लिनबाट नारायणगढसम्म पाँच स्थानमा ठूलो पहिरो झरेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित सत्रकिलो, पाँचकिलो, चारकिलो र जलवीरे तथा भरतपुर महानगरपालिका-२९ को सेती दोभानमा ठूलो पहिरो खसेको छ ।

त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकासहित गजुरी गाउँपालिकाको सेतीपूलमा पनि पहिरोले सडक अबरुद्ध भएको छ । धादिङ सदरमुकाम जोड्ने कालु पाँडे राजमार्ग अन्तर्गत सिद्धलेक गाउँपालिका-६ परेवाटारमा पनि ठूलो पहिरोका कारण सडक अवरुद्ध भएको छ ।

नेपालमा २२ जना भेटीए यस्ता संक्रमण, स्वास्थ्य मन्त्रालयले गर्यो पुष्टी

कोभिड सङ्क्रमण पुष्टि भएका बिरामीमा देखिएको म्युकर माइकोसिस (कालो ढुसी) का सङ्क्रमितहरु नेपालमा अहिलेसम्म २२ जना देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सूचना अधिकारी डा.समीर अधिकारीका अनुसार अहिले नेपालका विभिन्न जिल्लामा गरी २२ जनामा सङ्क्रमण पुष्टि भएको बताउनुभएको छ । अहिले कुन अस्पतालमा कति छन् भन्ने यकिन भने भइनसकेको उहाँले बताउनुभएको छ ।

यता त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अहिलेसम्म म्युकर माइकोसिसका १५ जना बिरामी भर्ना भएको अस्पताल प्रशासनले जनाएको छ । जसमध्ये अहिले आठ जना उपचाररत छन् भने एक जनाको मृत्यु भएको र बाँकी डिस्चार्ज भएको अस्पतालका डा. राजेन्द्र प्रधानाङ्गले बताउनुभएको छ ।

डिस्चार्ज भएकामध्ये केहीको आँखाको शल्यक्रिया गरेर घर पठाइएको छ भने केहीको शल्यक्रिया गर्न नै नमिलेका कारण घर पठाउनुपरेको उहाँले बताउनुभएको छ ।

शल्यक्रिया गरेर घर फिर्ता भएकाहरुमा पूर्णतया निको हुने सम्भावना कम नै रहेको उहाँको भनाइ छ । “यो शल्यक्रिया गरेपछि निको हुन्छ नै भन्ने हुँदैन, हामीले आँखा वरिपरि जमेको रगत सफा गरेर हेर्छौ त्यसपछि मात्र शल्यक्रिया गर्ने नगर्ने निधो गर्छौ । हामीकहाँ आएका अधिकांश बिरामीहरु धेरै जटिलता भएपछि मात्र आएको कारणले पनि शल्यक्रिया गर्न नै समस्या भैरहेको छ ” उहाँले भन्नुभयो । कालो ढुसीको सङ्क्रमण भएको शङ्का लागेपछि नै अस्पतालमा जान उहाँले सुझाव दिनुभएको छ ।

कालो ढुसीका बिरामीका लागि दिइने एम्फोटेरिसिन बी नामको औषधिको अहिले अभाव रहेको उहाँले बताउनुभएको छ ।

यो औषधि कालाजारका बिरामीका लागि प्रयोग गरिँदै आएको भए पनि पछिल्लो समय कालो ढुसीका बिरामीका लागि पनि प्रयोग गरिँदै आइएको थियो । एम्फोटेरिसिन बी औषधिको अभाव रहेका कारण अहिले विकल्पका रुपमा पेसाकोनाजोल औषधिको प्रयोग गरिएको डा. प्रधानाङ्गले बताउनुभयो ।

कालोढुसीको सङ्क्रमण भएकालाई प्रयोग गरिँदै आएको कालाजारको एम्फोटेरिसिन बी नामको औषधि अहिले सकिएको र मन्त्रालय यो औषधि किन्ने प्रक्रियामै रहेको मन्त्रालयका सूचना अधिकारी डा.समीर अधिकारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button