पूर्वमाओवादी नेताहरुको रिट निवेदनमाथि आज पनि भएन सुनुवाई

पूर्वमाओवादी नेताहरुले आफूमाथिको कारवाहीलाई चुनौती दिँदै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाई स्थगित भएको छ ।

शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिए पनि रिट निवेदक पक्षका कानुन व्यवसायीकै मागअनुसार पेसी स्थागित गरिएको सर्वोच्च अदालतले जनाएको छ ।

पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले सांसदका रुपमा कायम रहन माग दावीसहित रिट निवेदन दायर गरेका हुन् ।

उक्त रिट निवेदन बिहीबार न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा पेसी राखिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।

यी चार नेतालाई नेकपा एमालेमा प्रवेश गरेको भन्दै माओवादी केन्द्रले पार्टी सदस्यताबाटै बर्खास्त गर्दै सांसद पदसमेत नरहने गरी कारवाही गरेको थियो ।

आफूहरु एमालेमा प्रवेश नगरेको अवस्थामा पार्टीले कारवाही गरेको भन्दै उनीहरुले बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । 

ओलीपक्षीय नेताको माधव नेपालसँग पालैपालो छलफल

नेकपा (एमाले) विभाजन कि एकता भन्ने प्रश्न निरुपण हुन सकेको छैन ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच संवाद नै हुन नसकेका बेला दोस्रो तहका नेताहरु एमाले एकताका लागि प्रयासरत छन् ।

दोस्रो तहका नेताहरुकै प्रयासमा गत असार २७ गते तयार पारेको १० बुँदे एकता प्रस्तावप्रति वरिष्ठ नेता माधव नेपालले स्वीकार गरेका छैनन् ।

कार्यदलको प्रस्तावमा सन्तुष्ट हुन नसकेका नेता नेपालले एमालेका सवै संरचना २०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने अडान राख्दै आएका छन् ।

तर अध्यक्ष ओली पक्षले जेठ २ मा फर्कने बताएपनि व्यवहारत जेठ २ को एमाले संरचनाको बैठक बस्न सकेको छैन ।

ओली पक्षले जेठ २ मा फर्किसकेको भनेपनि फागुन २३ पछि गरेका निर्णय अनुसार पार्टी बैठक बोलाउँदै आएका छन् । जसप्रति माधव नेपाल समुहले असन्तुष्टि जनाउदै आएको छ ।

पछिल्लो पटक कार्यदलले तयार पारेको १० बुँदे एकता प्रस्तावमा अध्यक्ष ओली र नेता नेपालबीचको शक्ति बाँडफाँडबारे केही उल्लेख छैन । 

कार्यदल सदस्यहरुले दुई नेताको समझदारीमा शक्ति बाँडफाँड गर्न उनीहरुलाई जिम्मा छोडेको बताएका छन् ।

तर, त्यसका लागि ओली र नेपालबीच भेटवार्ता गर्न जरुरी हुने भएकाले उनीहरुबीच संवाद गराउने प्रयास कार्यदलका सदस्यसहितका दोस्रो तहका नेताहरुले प्रयास गरिरहेका छन् ।

दोस्रो तहका नेताहरुको यस्तो प्रस्तावपछि नेता नेपालले पहिला ओली पक्षका कार्यदलमा समेत रहेका सुवास नेम्वाङ र विष्णु पौडेलसँग छुट्टै छलफल गरेर मात्रै ओलीसँग छलफल गर्ने या नगर्ने निर्णय दिने बताएका थिए ।

सोही अनुसार नेता नेपालले नेम्वाङलाई बिहीबार आफ्नै निवासमा बोलाएर संवाद गरेका थिए भने त्यसको निरन्तरता स्वरुप शुक्रबार पौडेललाई समय दिएका हुन् । नेता नेपालसँग बिहीबार डेढ घण्टा भेटवार्ता गरेका नेम्वाङले आफ्नो प्रस्तावमा नेपाल पोजेटिभ रहेको बताएका थिए ।   

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button