पूर्वप्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारले सरकार ढाल्ने गद्दार भन्दै सार्वजनिक गरे २३ जनाको नाम

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले एमालेभित्रका २३ जनाको गद्दारीले एमाले सरकार ढलेको आरोप लगाएका छन् ।

आज बिहानै ट्‍वीट गर्दै थापाले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई समेत कांग्रेस सभापति शेरबहादुर देउवाको वैशाखी बनेको भनेका छन् ।

नेकपा एमाले र अध्यक्षको नेतृत्वको सरकार ढालेर शेरबहादुर देउवाको वैशाखी बन्‍ने र पहिलो बधाई दिन आतुर माधव कुमार नेपालको निम्ति त यो हर्षविभोर क्षण होला !१’ ‘जनादेश विपरित परमादेशबाट श्री शेवदेको प्रममा नियुक्ति “हलो ताछी मुङ्ग्रो” बनाए जस्तै हो ।

यिनै २३ को गद्दारीको परिणाम त हो १’ ।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालका विरुद्ध बेला–बेला कटु आलोचना गर्दै आएका थापाले २३ गद्दारीको परिणाम भन्दै वरिष्ठ नेता नेपालसहित झलनाथ खनाल, डा.भिम रावल,रामकुमारी झाँक्री, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, सोमप्रसाद पाण्डे, विरोध खतिवडा, मेटमणि चौधरीलगायतको नाम सार्वजनिक गरेका छन् ।

कांग्रेसले लगायो गृहमन्त्रीको टुंगो, बालकृष्ण खाँण, कार्कीको मन्त्रालय के होला ? माओवादीवाट २ जना मन्त्री

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले सानो मन्त्रीमण्डल बनाउने तयारी गरेका छन् ।

कांग्रेसले गृहमन्त्रीको नाम टुंगो लगाएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको गृहमन्त्री बालकृष्ण खाँण बन्ने भएका छन् ।

उनी काँग्रेस संसदीय दलका प्रमुख सचेतक समेत हुन् ।

देउवालाई खाँडले गृहमन्त्रीका रुपमा सघाउने भएका छन् । देउवाले ज्ञानेन्द्र बहादुर कार्कीलाई पनि मन्त्री बनाउने भएका छन् । अन्य पार्टीसंग पनि तालमेल गर्नु पर्ने भएकाले उनको मन्त्रालयको टुंगो लागेको छैन ।

आजै देउवाको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा राखिएको छ भने त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ हुनेछ । देउवाले पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्नेछन् ।

नेकपा माओवादी केन्द्रले पनि सरकारमा पठाउने आफ्ना नेताको नाम छानेको छ । माओवादी केन्द्रले मन्त्रीको नाम छनोट गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो ।

प्रचण्डले आफ्नो तर्फवाट सरकारमा सहभागि हुने दुई नेताको नाम पठाएको बुझिएको छ । स्रोतका अनुसार उनले जनार्दन शर्मा प्रभाकर र पम्फा भुसाललाई मन्त्रीका लागि सिफारिस गरेका छन् ।

.नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलपछि माओवादी केन्द्रले पहिलो चरणमा शर्मा र भुसाललाई मन्त्री बनाउन लागेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई नेताको नाम दिएको स्रोत बताएको छ ।

माओवादीबाट सिफारिस भएका मन्त्रीलाई आजै सपथ ग्रहण गराइने भएको छ । शर्मालाई अर्थ र भुसाललाई उर्जा मन्त्रीका लागि सिफारिस गरिएको स्रोतले बतायो ।

ओलीले देउवासंग लिए बदला

नवनियुक्त प्रधानमन्त्रीलाई राष्ट्रपतिले सपथ ग्रहण गराउँदा निवर्तमान र पूर्व प्रधानमन्त्रीहरु समेत उक्त समारोहमा जाने चलन छ । उक् समारोहमा अन्य बिशिष्ठ पदाधिकारीहरु पनि उपस्थित हुने गर्छन् ।

तर प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ ग्रहणमा भने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् ।

उनी त्यहाँ नजानुको कारण पनि गजवको रहेको छ । आफू तेश्रो पटक प्रधानमन्त्री बनेर सपथ लिँदा अन्य पूर्व प्रधानमन्त्रीहरु नआएको भन्दै ओलीले अहिले आफू नजाने बताएका हुन् ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ समारोहमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएपछि सितल निवास पनि अचम्ममा परेको बताइएको छ ।

पूर्वप्रधानमन्त्रीसहित शीर्ष नेताहरु सपथग्रहण समारोहमा पुगेपनि प्रधानमन्त्री ओली भने शीतलनिवास गएका छैनन् ।

अघिल्लोपटक आफ्नो सपथ समारोहमा देउवासहित पूर्वप्रधानमन्त्रीहरु नगएमा ओलीले चित्त दुखाएका थिए । त्यसको रिस अझै बोकेर बसेका ओली अहिले अनुपस्थित भएर बदला लिएका हुन् ।

संविधानको धारा ३ बमोजिम ओलीले प्रधानमन्त्रीको सपथ लिँदा विपक्षी दलको नेता रहेका देउवासहित पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल प्रचण्ड र डा। बाबुराम भट्टराई अनुपस्थित थिए । देउवाको सपथ समारोहमा जसपा अध्यक्ष महन्थ ठाकुरसमेत उपस्थित छैनन् ।

राष्ट्रपति कार्यालय, शितलनिवासमा प्रवेश गरे पनि शेरबहादुर देउवा सपथ ग्रहण स्थलमा पुगेका छैनन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा उल्लेख नभएको भन्दै उनले सच्याउन भनेका छन् ।

र, नसच्चिएसम्म सपथ ग्रहण नगर्ने अडान राखेका छन् । देउवाको अडानपछि कार्यालयका कर्मचारीहरुले विज्ञप्ति सच्याउन थालेका छन् ।

शपथ ग्रहण स्थलमा उपराष्ट्रपतिसहित विभिन्न दलका नेता, उच्च पदस्थ सरकारी अधिकारी लगायत भने पुगिसकेका छन् ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button