पुर्व राजा ज्ञानेन्द्रले भने,यो समयमा देश कसरी जोगाउन सकिएला भन्ने चिन्ता लागेको छ

काठमाडौं २७ पौष । पूर्वराजा ज्ञानेन्द्र शाहले राजतन्त्रले जनताको चाहना हुदा सक्रिय भूमिका निर्वाह गरेको मात्र नभई राजगद्धी त्याग्ने उच्च साहस र इमान्दारी दर्शाएको उल्लेख गरेका छन् ।

राजा ज्ञानेन्द्रले आज २९९औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै ज्ञानेन्द्रले यस्तो बताएका हुन् ।उनले आफुलाई अहिले देश कसरी जोगाउन सक्रिन्छ भन्ने चिन्तामा आफू रहेको बताउँदै अहिले हामीले बेहोरेको राजनीति कति इमान्दार र राष्ट्र केन्द्रित छ कति जनहित अनुकुल छ, त्यसको समिक्षा हुन् अब विलम्ब भएको टिप्पणी समेत गरेका छन् ।

पुर्व राजा ज्ञानेन्द्र शाहले आज राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा एक सन्देश जारी गर्दै यस्तो बताएका हुन् । उनले भनेका छन् ,नेपाली भनेका नेपाली नै हुन् । कुनै अर्को जलप लगाएर हुँदैन भन्ने अपार राष्ट्रभक्तिले ओतप्रोत भएर बडामहाराजाधिराजबाट नेपाल राष्ट्र निर्माणमा आफ्नो पूरै जीवन सर्पण गर्नुभएको तथ्य स्मरण मात्र हुँदा पनि हामी सबै नेपाली गौरवान्वित हुने गर्दछौँ ।

यो समयमा देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा छौँ ।’ राष्ट्रिय अखण्डताको निम्ति हामीले एकताको गाँठो बलियो पार्नुपदर्छ । राजा ज्ञानेन्द्रले भने ।

पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देश :

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
5
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button