पुच्छर केही बेर फिटीफिटी गर्छ, ओली प्रवृत्ति त्यस्तै हो : बाबुराम भट्टराई

काठमाडौ । डा। बाबुराम भट्टराईले पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गम्भीर आरोप लगाएका छन् ।

उनले ओलीलाई हिटलर भनेका छन् ।

त्यतिमात्र होइन, हिटलरले अन्तिम समयमा स परिवार देह त्याग गरेको र ओलीको शैली पनि हिटलरी भएको बताएका हुन् । उनले एक ट्वीट लेख्दै यस्तो गम्भीर आरोप लगाएका हुन् ।

प्रधानमन्त्रीबाट अदालतले हटाएपछि केपी शर्मा ओलीको पक्षमा एमाले कार्यकर्ता सडकमा आएका छन् । उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, एमाले वरिष्ठ नेता माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सडकमा बिरोध गरेका छन् ।

ओली निकट कार्यकर्ताहरुको उक्त कार्यबारे पनि डा भट्टाईले टिप्पणी गरेका छन् । बाबुरामले हिट्लरसँग तुलना गर्दै यसबारे लेखेका छन्, ‘खसीको टाउको छि ना ली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गर्छ ।

ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टी हुन्छ । आफू कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओलीप्रवृत्ति हिट्लरी नाजीवाद फासीवादसँग मिल्दोजुल्दो छ, जसले अन्त्यमा सपरिवार आत्म ह त्या गरेथ्यो 

एमाले बैठकमा ओलीको देउवालाई कटाक्ष : ‘म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु’ भन्ने जस्तै भयो तर त्यो अब पार लाग्दैन’

नेकपा (एमाले) को संसदीय दलको बैठक सुरु भएको छ । बैठकमा आफ्ना भनाई राख्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाललाई अब पार्टीमा कुनै स्थान नभएको दोहोर्याएका छन् ।

उनले नेपाललाई अपराधिको संज्ञा दिएका छन् ।

सिंहदरबारस्थित संसद भवनको ल्होत्से हलमा शुक्रबार दिउँसो बसेको संसदीय दलको बैठकमा बोल्दै ओलीले आफ्नो सरकार ढालेर विपक्षी दलको सरकार बनाउने अ प रा ध नेपालले गरेको बताए।

‘अरू कोही व्यक्तिगत रूपमा पार्टीमा आउँछन् भने आऊन् तर माधव नेपाल मुख्य अ प रा धी हुन् उनलाई पार्टीमा कुनै ठाउँ छैन,’ बैठकमा ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

उनले नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा प्रधानमन्त्री बनेपछि सरकार समेत गठन गर्न नसकेको बताएका छन् । देउवालाई कटाक्ष गर्दै ओलीले चलचित्र माइतीघरको गीत पनि सम्झिए।

माइतीघरको गीत ‘म प्यार बेचिदिन्छु, बहार बेचिदन्छु’ भने जस्तै अहिले पैसा मिलाइदिने र मन्त्री पद दिने कुरा गर्न थालेको पनि आरोप लगाए।

‘माइतीघरको म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छुु भन्ने जस्तै म मन्त्री बनाइ दिन्छु। म पैसा मिलाइदिन्छु, म सबै कुरा मिलाइदिन्छु भन्न थालेका छन्ु, पूर्वप्रधानमन्त्री ओलीले देउवा नेतृत्वको सरकारप्रति कटाक्ष गर्दै भने, ‘तर त्यो अब पार लाग्दैन।’

एमाले स्थायी कमिटी बैठक : कार्यदल भंग, १० बुँदे सहमतिका बारेमा गर्यो यस्तो निर्णय

नेकपा एमालेको स्थायी कमिटी बैठकले नेकपा एमालेले पार्टी एकता गर्न बनेको १० सदस्यीय कार्यदल भंग गरेको छ ।

बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल सहित उनका पक्षका कुनै पनि नेता सहभागी भएनन् ।

वैठक सार्न आग्रह लिएर गएका कार्यदल संयोजक भिम रावल सहितको नेताहरुको माग सुनुवाई नभएपछि बैठकमा सहभागी नभएर बाहिरिएका थिए ।

नेपाल पक्ष बाहेक बसेको स्थायी कमिटी बैठकले पार्टी एकता कायम गर्न गठित १० सदस्यीय कार्यदल भंग गर्दै सो समितिले तयार पारेको १० बुँदै सहमति भने अनुमोदन गरेको छ ।

शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सहमति ग्रहणसहित कार्यदललाई धन्यवाद दिँदै कार्यदल भंग गरेको हो । स्थायी कमिटी बैठक पछि अब स्थायी समितिको बैठक समेत बस्ने भएको छ ।

शुक्रबार बसेको स्थायी समितिको बैठकको निर्णयबारे जानकारी दिने क्रममा प्रवक्ता प्रदीप ज्ञवालीले आज बस्ने भनिएको संसदीय दलको बैठक निर्धारित समयमै हुने जानकारी दिए ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button