पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्न सहयोग गर्छौं : माधवकुमार नेपाल
नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरुको भेलाले बाम गठबन्धनको सरकार बनाउनमा जोड दिने निर्णय गरेको छ ।
बानेश्वरस्थित एक होटेलमा बसेको भेलाले विगतमा जे जस्तो भएपनि अब पार्टी नेतृत्वसँग मिलेर अघि बढ्ने निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए।
‘हामीले समग्र परिस्थितिको समिक्षा गर्यौं। पार्टीलाई एकतावद्ध बनाएर कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा पनि छलफल भयो,’ उनले भने, ‘सर्वोच्चको फैसलापछि दुई भएका एमाले र माओवादीबीचको एकता सम्भव होला नहोला तर बाम गठबन्धनको सरकारलाई टिकाउन प्रयास गर्ने भन्ने छ।’
तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1
+1
+1