पायल्सको समस्या र उपचार विधि

पायल्स यस्तो समस्या पनि हो, जसलाई उचित ख्याल गरिए पूर्णत: निको पार्न सकिन्छ । तर, बेवास्ता वा लापरबाही गरिए, पायल्सले जीवनभर दु:ख दिन्छ ।

पायल्स मलद्वारमा हुने समस्या हो । जब मलद्वारमा दबाब पर्छ, यो समस्या आउन सक्छ । पायल्स भएपछि दिसा गर्न गाह्रो हुन्छ । मलद्वारबाट रगत बग्छ । मलद्वारमा घाउ हुन्छ ।

मासु पलाउँछ । जब मलद्वारमा समस्या हुन्छ, खानपानलाई त्यसले प्रभावित बनाउँछ । खानपान प्रभावित भएपछि स्वास्थ्यमा असर गर्छ । यसले शारीरिक मात्र होइन, मानसिक रुपले पनि हामीलाई रोगी बनाउँदै लैजान्छ ।

खानपान र जीवनशैलीको कारण यो समस्या हुन्छ । चिल्लो, मसालेदार खानेकुरा, जो सजिलै पच्दैन यस्ता खानेकुरा पायल्सको कारण बन्न सक्छ ।

पानीको सेवन कम गर्नु, फाइबरयुक्त सागपात सेवन नगर्नु, फलफूल सेवन नगर्नु, शारीरिक रुपमा निष्क्रिय बस्नु, तारेको भुटेको खानेकुरामा जोड दिनु, मासुमंसमा लिप्त हुनु पायल्स निम्त्याउने कारण हुन् ।

खानपान र जीवनशैलीको कारण कब्जियत हुन्छ । कब्जियत भएपछि दिसा त्याग गर्न गाह्रो हुन्छ । दिसा त्याग गर्न गाह्रो भएपछि मलद्वारमा अनावश्यक दबाब पुग्छ । यसले घाउँ बनाउँछ ।

उपचार विधि

पायल्सबाट बच्ने उपाय भनेको स्वस्थ जीवनशैली अपनाउनु हो । यसका लागि खानपान स्वस्थ हुनुपर्छ । दिनचर्या सक्रिय हुनुपर्छ ।

१. नियमित रुपमा दिसा गर्ने । दिसा त्यागको लागि निश्चित समय बनाउने ।

२. दिसा गर्दा बल नगर्ने, हतार नगर्ने ।

३. सुपाच्य खानेकुरा सेवन गर्ने ।

४. पर्याप्त पानी वा झोलयुक्त खानेकुरा खाने ।

५. फाइबरयुक्त खानेकुरा, साग, फलफूल सेवन गर्ने ।

६. पिरो, मसलेदार, चिल्लो, तारेको, भुटेको खानेकुरा नखाने ।

७. मदिराजन्य खानेकुरा, मासुजन्य खानेकुरा सेवन नगर्ने ।

८. चिन्ता नलिने । पर्याप्त निन्द्रा लिने ।

घरेलु उपचार

पायल्स हुनुअघि नै यसतर्फ सावधानी अपनाइयो भने दुख पाइदैन । यद्यपी पायल्सको समस्या भइसकेको अवस्थामा भने अन्य प्राकृतिक उपचार खोज्न सकिन्छ ।

१. एउटा भाँडामा तातो पानी राख्ने र मलद्वारलाई डुबाएर राख्ने ।

२. दिसा गरेपछि भिजाएको ट्वाइलेट पेपर प्रयोग गर्नुपर्छ ।

३. मलद्वारलाई सफा राख्नुपर्छ । प्रतिदिन नुहाउनुपर्छ । मनतातो पानीले मलद्वार सफा गर्नुपर्छ ।

४. एलोपेथिक उपचार प्रभावकारी हुन्छ । यद्यपि केही आयुर्वेदिक औषधिले दीर्घकालीन रुपमा यस समस्याबाट छुटकारा दिन्छ ।

चिकित्सकको परामर्श 

सामान्यत: पायल्स हानिरहित हुन्छ । र, यसको उपचार पनि सहज हुन्छ । तर, लामो समयसम्म यो अवस्था रहेमा समस्या जटिल बन्छ । दिसा गर्नै गाह्रो हुने, दुख्ने, रगत आउने समस्या भएमा चिकित्सककहाँ जानुपर्छ ।

पुरानो पायल्स लामो समयमा रहेमा रक्त श्रावको कारण कतिलाई एनिमिया हुनसक्छ ।

शल्यक्रिया गराउने अवस्था

पायल्स जटिल अवस्थामा पुगिसकेको छ भने शल्यक्रियाको विकल्प अपनाउन सकिन्छ । यो उपचार सुरक्षित र प्रभावकारी हुन्छ । यसमा केही विधि छन् ।

१. रबर ब्यान्ड लिगेशन– यसका लागि स–साना रबर ब्यान्ड प्रयोग गरिन्छ । यो पायल्सको जडमा लगाइन्छ । एक हप्तामा पायल्स सुक्छ ।

२. स्क्लेरोथेरापी इन्जेक्सन– यस विधिमा एक केमिकल इन्जेक्सन लगाइन्छ । यसले पायल्स सुकाउँदै लान्छ । यसले दुखाइ र सुन्निएको कम हुन्छ ।

३. कोआगुलेशन– यस प्रविधिमा लेजर वा इन्फ्रा रेड लाइट वा बाई पोलर हिट ट्रिटमेन्ट प्रयोग गरिन्छ ।

कसरी थाहा पाउने आफ्नो पाचन प्रणाली कमजोर छ

शरीरको गन्ध-जब हाम्रो पाचन यन्त्र खराब हुन्छ वा खाएको पच्दैन तब शरीरमा विषाक्त पदार्थ जम्मा हुन्छ । यस्तो कुरा कसरी पनि थाहा पाइन्छ भने, शरीर दुर्गन्धित हुन्छ । पसिना वा शरीरको कुनै भाग दुर्गन्धित हुन्छ । यसबाट बुझ्नुपर्छ, पाचन यन्त्र खराब छ ।

छालाको समस्या– पाचन यन्त्र कमजोर हुँदै गएपछि त्यसको असर छालामा देखापर्छ । छालामा विभिन्न किसिमको समस्या देखापर्छ । पाचन यन्त्र राम्रो भएमा छालामा चमक देखिन्छ, दाग धब्बा देखिदैन, चाहुरिपन देखिदैन । तर, पाचन यन्त्र खराब भएपछि यी समस्याहरु एकमुष्ठ देखापर्छ ।

सासको दुर्गन्ध– सास गन्हाउने समस्या धेरैको हुन्छ । मुख तथा दाँतको सरसफाई राम्ररी नगर्दा मुख गन्हाउँछ । तर, पेटको समस्याले पनि मुखमा दुर्गन्ध ल्याउँछ । यदि ब्रस गरेर वा मुखको सरसफाई गर्दा पनि सास गन्हाउँछ भने, पेट खराब छ ।

कपाल झर्ने– कपाल झर्ने कारण त अनेक हुन्छ । तर, त्यसमध्ये एक हो पेटको खराबी पनि । जब पाचन यन्त्र खराब हुन्छ, शरीरलाई आवश्यक पोषकतत्वको अभाव हुन्छ । त्यसको असर कपालमा पनि पर्छ ।

नङ कमजोर हुने– लामो समयसम्म पाचन यन्त्र खराब भएमा त्यसको असर शरीरका साथसाथै नङमा पनि पर्छ । जब पाचन यन्त्र खराब हुन्छ, शरीरको अपशिष्ट पदार्थ बाहिर निस्कन पाउँदैन । यसको कारण केही समस्या देखिन्छ । त्यसमध्ये नङ टुक्रिने, कमजोर हुने पनि एक हो ।

कसरी राख्ने त पाचन यन्त्रलाई स्वस्थ ?

पाचन यन्त्रलाई स्वस्थ राख्नका लागि खानपान, जीवनशैली सबै कुरामा ध्यान दिनुपर्छ । यदी पाचनयन्त्र बलियो भयो भने, जे जति खानेकुरा खाइन्छ राम्ररी पच्छ । ति खानेकुरामा भएको पोषक तत्व शरीरले ग्रहण गर्छ । शरीर स्वस्थ र तन्दुरुस्त हुन्छ ।

पाचन यन्त्र स्वस्थ एवं बलियो बनाउनका लागि सबैभन्दा मूख्यतः खानपानमा ध्यान दिनुपर्छ । गरिष्ठ भोजन गर्नु पाचन यन्त्रको लागि राम्रो हुँदैन । अर्थात मरमसला प्रयोग गरिएको, तेलमा तारिएको, मासुजन्य, दुधजन्य परिकार पेटको लागि बोझिलो बन्छ । प्रशोधित खानेकुरा पनि पेटको लागि उपयुक्र हुँदैन । यस्ता खानेकुरा नियन्त्रण गर्नुपर्छ । सुपाच्य अर्थात सजिलै पचाउन सकिने खानेकुरा सेवन गर्नुपर्छ । सागपात, मुला, फलफूल जस्ता फाइबरयुक्त खानेकुराले पेटलाई सफा राख्छ । बलियो बनाउँछ ।

त्यस्तै पाचन यन्त्रलाई बलियो बनाउनका लागि शरीरलाई पनि सक्रिय राख्नुपर्छ । कतिपय व्यायाम तथा योगासनले पाचन यन्त्रलाई प्रत्यक्ष असर गर्छ ।

– खाने तालिका अनुसार ठीक–ठीक समयमा मात्र खाने गरौं । जतिपनि बेला खाइरहने बानीले पाचन यन्त्रमा असर गर्छ ।

-खानेकुरा त्यतीमात्र खानुपर्छ, जति शरीरलाई आवश्यक छ । मीठो लाग्यो भन्दैमा अनावश्यक खानेकुरा खाएर पेट भारी हुन्छ ।

– खाना खाएको बेला आरमसँग बस्नुहोस् । सहि मुद्रामा बस्नुहोस् । यसले तपाईको पाचन यन्त्रले ठीक ढंगले काम गर्छ ।

-फाचन फायरलाई उत्तेजित तुल्याउनुहोस् । अर्थात एक टुक्रा अदुवा लिनुहोस्, त्यसमा कागतीको रस मिसाउनुहोस् । थोरै नुन पनि हाल्नुहोस् । यसले तपाई जतिपनि गरिष्ठ एवं भारी भोजन गर्नुहुन्छ, सजिलै पच्छ ।

-आर्युवेदका अनुसार पाचन क्रिया दुरुस्त राख्नका लागि सहि र नियमित दिनचर्या पालना गर्नुपर्छ । विशान नास्ता, मध्यन्ह भोजन र राती भोजन सहि समयमा गर्नुपर्छ ।

-राती भोजन गरिसकेपछि तुरुन्तै सुत्नु हुँदैन । राती हल्का भोजन गर्नुहोस् । बिहान पौष्टिक खानेकुरा लिनुहोस् ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button