पाथिभरा माताले सबैको रक्षा गरुन, श्रावण १४ गते बिहिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

ज्यो.प.सरोज घिमिरे, आज श्री शाके १९४३ बि.स.२०७८ साल श्रावण १४ गते बिहिबार इश्वी सन २०२१ जुलाई २९ तारीख, साउन कृष्णपक्ष षष्ठी तिथी, उत्तरभाद्रपदा नक्षत्र सुकर्मा योग, गर करण चन्द्रमां, मिन राशिमा आनन्दादि, योगमा छत्र योग, रा क्ष सनाम सं व त्सर, सुर्य दक्षिणायन, वर्षा ऋतु

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ ।

दाम्पति बिच सामान्य क ल ह रहने सम्भाबना रहन सक्छ । अन्य ब्यक्तिको पूणर् बिश्वास नगर्नु होला । आर्थीक क्षेत्र मध्यम रहनेछ । यात्रा कारक समय रहेकोछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ ।

पारीवारका सदस्यहरु मध्ये कसैको स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ । आय आर्जनको क्षेत्र मध्यम रहनेछ । जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) खानपानका क्षेत्रमा बिशेष सजग रहनु उत्तम रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

सामान्य बा दबि वादको झमेलामा फसिने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसाय मध्यम रहला । साजेदारी काममा लगानी नगरैकै बेश हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ ।

मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ । दाजु भाई तथा मित्र जनहरु सँगको सम्बन्ध टाढिन सक्छ । परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ ।

मित्रजनहरु सगँको भेटघाट पश्चात सामान्य यात्राको योग रहनेछ । शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) अध्यन अध्यापनका निम्ती अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ ।

नयाँ लगानिमा उत्तम समय रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । निणर्य गर्ने क्षमतामा बृद्धि हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) भौतिक श्रोतसाधनका प्रयोगमा समय ब्यतित रहला । कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसायमा समय मध्यम रहनेछ ।

प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला । स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अधिक आत्मबिश्वास तथा घमडका कारण मित्रतथा दाजुभाई सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । अरुको कार्यक्षेत्रमा भएको त्रुटिको अपजस तपाईले खेप्नु पर्नेछ ।

यात्रामा सामान्य चो टप टकको सम्भाबना रहेकोछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) खानपानको गडबढिका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँलगानिका क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ ।

शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ । मित्रजनहरुको सहयोगमा अधुरा कार्य सम्पादन हुनेछन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ ।

आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । झुटा आरोपको सम्भाबना रहेकोछ । स्वास्थ क्षेत्रको समस्या जटिल बन्ने योग रहेकोछ ।

स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । अरुको कुरामा बिशेष ध्यान नदिनु होला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) भोजभतेर जन्य कार्यमा सहभागीताको योग बन्नेछ । पुराना मित्रजन सगँको भेटघाटले मन हर्षित रहला । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ ।

आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ ।

नेपालमा फेरि डेल्टा भेरिअन्ट पुष्टि

नेपालमा फेरि भाइरसको नयाँ उत्परिवर्तन पुष्टि भएसँगै सम्भावित जोखिमबारे मानिसहरूले चिन्ता एवं चासो व्यक्त गर्न थालेका छन्।

नयाँ दिल्लीस्थित एउटा प्रयोगशालामा जीन सीक्वन्सिङ गर्दा भाइरसका तीनवटा नमुनामा उत्परिवर्तन पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार जेठको मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भागबाट सङ्कलित नमुनामध्ये ४७ वटा असार ३० गते भारत पठाइएको थियो। ती नमुनाको जीन सीक्वन्सिङ गर्दा “सबैमा डेल्टा भेरिअन्ट पुष्टि भएको” तथा तीमध्ये “तीन वटामा थप उत्परिवर्तन K417N भेटिएको” मन्त्रालयले मङ्गलवार जारी विज्ञप्तिमा उल्लेख छ। नयाँ उत्परिवर्तनलाई A.YI नाम दिइएको छ।

योसहित नेपालमा हालसम्म ‘भेरिअन्ट अफ कन्सर्न’का रूपमा वर्गीकरण गरिएका अल्फा र डेल्टा भेरिअन्ट तथा ‘भेरिअन्ट अफ इन्टरेस्ट’का रूपमा रहेको कापा भेरिअन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अमेरिकाको मिनिसोटा राज्यस्थित एउटा चिकित्सा अध्ययन संस्थान तथा मेओ क्लिनिकमा कार्यरत भाइरसविद् डा. सुदीप खड्काका अनुसार नयाँ जीन सीक्वन्सिङको नतिजा हेर्दा झन्डै ६ प्रतिशतमा K417N उत्परिवर्तन देखिन्छ।

“बुझ्नुपर्ने कुरा के छ भने कहिलेकाहीँ एउटा म्यूटेशन थपियो भने त्यसले भाइरसलाई कमजोर बनाइदिने हुन्छ भने कहिलेकाहीँ एउटा म्यूटेशनले पनि नै सङ्क्रमणको जोखिम बढाइदिने हुन्छ”, खड्काले टेलिफोनमा बीबीसीसँग भने।

“यदि यो नयाँ उत्परिवर्तनका कारण सङ्क्रमण तीव्र रूपमा बढ्ने रहेछ भने नयाँ म्यूटेशन भएको भाइरस देखिँदै जाने र पुरानो हराउँदै जाने सीक्वन्सिङबाट देखिनेछ। त्यो भएर पटकपटक सीक्वन्सिङ गर्दै मिहिन किसिमले हेर्नुपर्ने हुन्छ।”

वरिष्ठ भारतीय भाइरसविद् डा. शाहिद जमीलले K417N नाम दिइएको उत्परिवर्तनले एन्टिबडीहरू अर्थात्‌ रोगप्रतिरोधी क्षमताको प्रभावकारिता कम गर्ने ठानिएको गत महिना समाचारसंस्था रोएटर्सलाई बताएका थिए। नेपालमा पुष्टि भएका भेरिअन्टहरू बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने विभिन्न अध्ययनबाट देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नयाँ उत्परिवर्तनले भाइरसको प्रकृतिमा फरक पार्न सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. वासुदेव पाण्डे बताउँछन्।

“यसको मतलब के हो भने नयाँ उत्परिवर्तनले सङ्क्रमणको दर बढाउन सक्छ। भाइरलजीको भाषामा भिरुलन्ट भनिन्छ। त्यसले बढी असर पार्न सक्ने भयो, जोखिम बढ्न सक्ने भयो,” सम्भावित असरबारे उनले बीबीसीसँग भने।

विभिन्न देशमा गरिएका अध्ययनहरूले हाल प्रयोगमा रहेका कोभिड खोपहरू प्रभावकारी नै देखिएको पाइएको विज्ञहरू बताउँछन्। “डेल्टा भेरिअन्टको हकमा केही अध्ययन भइसकेका छन्।

त्यही भेरिअन्टमा भएको नयाँ उत्परिवर्तनलाई लिएर चाहिँ अध्ययन हुन बाँकी छ,” भाइरसविद् खड्काले भने। “हुन त खोप लगाइसकेपछि पनि सङ्क्रमण हुन सक्छ।

तर अपवादबाहेक खोपले गम्भीर सङ्क्रमण हुन र अस्पताल भर्ना हुनबाट जोगाउँछ भन्ने कुरा प्रमाणित भइसकेको छ।” त्यसमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. पाण्डे पनि सहमत छन्। “भाइरसमा नयाँ उत्परिवर्तन भइर

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button