पाँच वर्षीय बालकका फुपुद्वारा बालकको हत्या ।

काठमाडौं.
पाँच बर्षीय बालकको हत्या गरेको आरोपमा धनुुषामा प्रहरीले एक महिलालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा विदेह नगरपालिका–२ दुहबी बस्ने २६ बस्ने प्रमिलादेवी अमात रहेकी छिन् ।
उनले सोही ठाउँ बस्ने पाँच वर्षीय बालक अभिनन्दनराय अमातको हत्या गरेको आरोपमा धनुुषा प्रहरीले पक्राउ गरेको हो । प्रहरीको अनुसार उनि र हत्या भएको बालकको आफ्नै फुपूू हुन् ।
बालक दुुई दिनदेखि बेपत्ता रहेको र खाजी गर्दा बालकको शब उनकै हजुरबुुबा पर्नेको गोठमा उनको शब फेला परेको थियो ।
घटना बुझ्दै जाँदा प्रमिलादेवीले पैसा लेनदेनको विवादमा भएको रिसीबिको कारण बालकको हत्या गरेकी हुन् ।
बालकलाई उनले घरमा बोलाएर चाउचाउ खान दिएको र बालकले चाउचाउ खाईसकेपछि,उनलाई सुत्न लगाएर सुतेपछि घाँटी थिचेर हत्या गरेकी थिईन । साथै मृत्यु भएपछि राति बालकलाई गोठमा खाल्डो खनी गाडेको र माथिबाट खरानीले छोपेको उनले प्रहरी सँगको बयानमा बताएकी थिईन् ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button