परीक्षै नलिई विद्यार्थी पास गराउने दुईजना उपप्राध्यापक बर्खास्त

काठमाडौ । मध्यपश्चिम विश्वविद्यालयले विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा अध्यापनरत दुई जना उपप्राध्यापकलाई बर्खास्त गरेको छ।

विश्वविद्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै विश्वविद्यालय इन्जिनियरिङ संकायतर्फको स्नातकोत्तर कार्यक्रम निर्देशक एवं स्थायी नियुक्त उपप्रध्यापक विश्वनाथ यादव र स्कुल अफ ल तर्फको करारमा अध्यापनरत उपप्राध्यापक सुजन पन्तलाई भविष्यमा विश्वविद्यालय सेवाका लागि अयोग्य नठहरिने गरी उपप्राध्यापक पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो।

शैक्षिक मर्यादाविपरीत ‘अक्षम्य अपराध’ गरेको उनीहरुलाई भनिएको छ । यादवलाई आफुखुशी विद्यार्थीलाई नम्बर दिएको र पन्तलाई प्रश्नपत्र ‘आउट’ गरेको आरोपमा बर्खास्त गरिएको उपकुलपति प्रा।डा नन्दबहादुर सिंहले बताए ।

‘पन्तलाई यसअघि पनि ३ महिनाका लागि निलम्बन गरिएको थियो ।’ एक पटक गल्ती गरेर सजाय पाइसकेर पनि उनले आफ्नो बानी सुधारेनन् । पछिल्लो समय पन्तले दुईटा प्रश्नपत्र ‘आउट’ गरेको देखिए पछि निलम्बनको निर्णय गरिएको उनले बताए ।

निर्देशक यादवले विद्यार्थीको आन्तरिक मूल्यांकनको नम्बर विषय शिक्षकले पठाएको नभई मनलाग्दी रुपमा पठाएको विषयमा छानबिन समितिले निर्देशक यादव आर्थिक प्रलोभनमा परी यस्तो काम गरेको निष्कर्ष सहित दोषी भएको पुष्टि गरेको थियो।

यस्तै करारमा नियुक्त स्कुल अफ ल का उपप्राध्यापक पन्तले कानुन संकायतर्फको परीक्षाको प्रश्नपत्र बाहिर ल्याएको पुष्टि भएसँगै उनलाई कारवाही गरिएको हो।

माधव नेपाल पक्षलाई बाँदर भन्दै राष्ट्रिय सभामा कविता सुनाएपछि कोमल ओलीको ब्यापक आलोचना, वलीले फेरी के दिइन् स्पष्टीकरण ?

मंगलवार राष्ट्रिय सभामाको बैठकमा एमालेबाट सांसद कोमल वलीले वाचन गरेको एक कविताका कारण उनी निकै आलोचित बनिन् । उनले नेकपा एमालेकै माधव नेपाल पक्षलाई लक्षित गर्दै कविता सुनाएकी थिइन् ।

त्यसमा कसैको नाम त उल्लेख थिएन तर राजनीतिक विषयबस्तु समेटिएको ‘बाँदरको जमात र अमृतपानको सपना’ नामको कविता उनले सुनाएकी थिइन् ।

सो कविता पछि उनको निकै आलोचना भयो । सामाजिक सञ्जालमा त्यसवारे पक्ष र विपक्षमा निकै चर्चा भए । धेरैले आलोचना गरेका छन् । कवितामा उनले एमालेका नेपाल पक्षलाई बाँदर, छेपारोजस्ता शब्द प्रयोग गरेको भन्दै आलोचना गरिएको छ ।

कतिपयले गायिकासमेत रहेकी सांसद वलीको कडा आलोचना पनि गरिरहेकी छन्।

व्यापक आलोचना हुन थालेपछि सांसद वलीले स्पष्टीकरण नै दिएकी छन्। उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मेरा धारणाहरू कुनै व्यक्तिप्रति लक्षित छैनन्।

देश समाज र जनताप्रति समर्पित छ। देश र जनताका लागि बोल्दा कलमहररू कसैलाई निरुत्साहित गर्न चल्नुपर्छ भन्ने छैन। कसैलाई निरुत्साहित गर्न व्यक्तिगत कुरा उठाएर बहादुरी पनि प्राप्त हुँदैन। यो कुरा भौतिक शरिरको अन्त्य हुनेहरूले सोच्नुपर्छ।’

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button