परीक्षण सफल भए अबको २ महिनामा मेलम्चीको पानी काठमाडौं ल्याईने

मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउन सुरुङ परीक्षण थालिएको छ ।

सोमबार मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी तथा प्राविधिक टोली खानेपानी मन्त्री मणिचन्द्र थापाले मेलम्चीमा पुगेर सुरुङमा हाल्दै परीक्षणको सुभारम्भ गर्नुभयो ।

साढे २६ किलोमिटर लामो सुरुङ भरिन १५ दिनभन्दा बढि समय लाग्ने प्राविधिकहरुले बताएका छन् । सुरुङ मेलम्ची देखि सुन्दरीजलसम्मको रहेको छ ।

उक्त सुरुङ ३ चरणमा परीक्षण गरिने र सफल भएपछि मात्रै काठमाडौंमा पानी झारिने मेलम्ची खानेपानी बिकास समितिले जनाएको छ ।

यो कामहरु सबै सफल भए काठमाडौंमा पानी ल्याउन अब कम्तिमा पनि दुई महिना लाग्ने बताइएको छ ।

पहिलो चरणको यो काममा सुरुङमा पानी पठाएर १० दिन होल्ड (पथान्तरण) गरिने भएको छ । त्यसपश्चात उक्त पानी सुरुङबाट बाहिर फालेर फालिनेछ ।

सुरुङिभत्र पानी खाली भएपछि पुन: अवलोकन र त्यसको अवस्था जाँच गरिने जनाइएको छ । यदी समस्या पाइए त्यसको समाधान गरिने र समस्या नभए पुन: पानी खसाल्ने प्रकृयाको थालनी गरिने जनाइएको छ ।

ती प्रकृया पूरा भएपछि सुन्दरीजलमा निर्मित दुईवटा पानी प्रशोधन केन्द्रबाट वितरण प्रणालीको काम हुने समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button