पराजित हुने डरले ‘प्रचण्ड–नेपाल’ पक्ष निर्वाचनबाट तर्सिए : ओली
१७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पराजित हुने डरले ‘प्रचण्ड–नेपाल’ पक्ष निर्वाचनबाट तर्सिएको बताएका छन ।
नेकपा काठमाडौं महनगर कमिटीद्वारा शुक्रबार काठमाडौंमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हार निश्चित हुने भएकाले ‘प्रचण्ड–नेपाल’ पक्ष निर्वाचनसँग डराएको बताएका हुन ।
उनले अहिले प्रचण्ड–नेपाल पक्ष अप्ठेरोमा परेको भन्दै निर्वाचनमा पनि उनीहरुको हालत ‘खराब’ हुने तर्क गरे ।
प्रधानमन्त्री ओलीले देशलाई ‘सांसद किनबेचको थलो’ बनाउन खोज्नेलाई जनताले सजाय दिने बताए । संकटकाललाई देखाउँदै निर्वाचन सार्ने नियोजित हल्ला चलाइएको भन्दै उनले तोकिएको समयमा नै निर्वाचन हुने स्पष्ट पारे ।
तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1