पतिको हत्या आरोपमा पत्नीसहित ४ जना पक्राउ

धनुषाको हंसपुर नगरपालिकामा पतिको हत्या गरेको आरोपमा मृतककी पत्नीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हंसपुर नगरपालिका– ६ स्थित टिल्हीका २५ वर्षीय शम्भु मण्डलको गत शुक्रबार राति घाँटीमा छुरा हानेर हत्या गरिएको थियो ।

हत्यापछि फरार भएकी उनकी २३ वर्षीय पत्नी सुशीलादेवी मण्डल, मृतकका भाइ अनिल मण्डल र उनीहरुका २ जना सहयोगीलाई उदयपुरबाट पक्राउ गरिएको धनुषाका प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

सिरहाको अर्नामा गाउँपालिकाबाट २ जनाले देवर र भाउजूलाई घरबाट भगाउन सहयोग गरेको कारण पक्राउ गरिएको प्रहरी उपरीक्षक रानाभाटले बताए ।

सिरहा अर्नामा गाउँपालिका–३ बस्ने तेजनारायण महरा र सोही ठाउँका विनोद कुमार महतोले हत्यापछि उनीहरुलाई भगाउन सहयोग गरेको धनुषा प्रहरीको भनाइ छ ।

गत शुक्रबार मध्यरातमा देवर भाउजु मिलेर शम्भु  मण्डललाई घाँटीसहित शरीरको विभिन्न भागमा छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको हो ।

यो पनि,,,राजस्व छलेर ल्याइएको १३ लाख रुपैयाँ बराबरको सुर्ती बरामद

लकडाउनको समयमा वीरेन्द्रनगरमा राजस्व छली तथा अवैध कारोबारका घटना बढेका छन् ।

मंगलबार मात्र ठूलो परिमाणमा अवैध रुपमा भित्र्याइएको सुर्ती प्रहरीले बरामद गरेको छ । आन्तरिक राजस्व कार्यालयको स्टीकर नटाँसिएको झण्डै १३ लाख ६६ हजार रुपैयाँ बराबरको अवैध सुर्तीजन्य पदार्थ प्रहरीले बरामद गरेको हो ।

बुटवलको न्यू पश्चिमाञ्चल टेडर्सबाट कर छली गरी महादेव स्टोर सुर्खेतले लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा सुब्बाकुना प्रहरीको टोलीले नियमित चेकजाँच गर्ने क्रममा उक्त अवैध सुर्ती बरामद गरेको हो । ना४ख ७६५३ नम्बरको ट्रकमा ल्याउँदै गरेको अवस्थामा सुर्ती फेला परेको प्रहरीको भनाइ छ ।

बरामद २६ सय पोका अवैध सुर्तीजन्य पदार्थ र गाडीलाई आवश्यक कारबाहीका लागि राजस्व कार्यालयमा पठाउने प्रहरीको भनाइ छ ।

केहीदिन अघि पनि कर छली गरेर ल्याइएको २५ बोरा सुर्तीसहितको गाडी प्रहरीले नियन्त्रणमा लिएको थियो ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button