नेपाली जनताको जित भयो : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निरंकुश प्रवृत्तिको पराजय र नेपाली जनताको जित भएको बताएका छन् ।

bप्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिएका नेता नेपालले संसद बैठकपछि नेपाली जनताको जित भएको बताएका हुन् ।

नेता नेपालसहित २२ जना एमाले सांसदहरुले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए ।

यससँगै देउवाले १६५ मत पाएका छन् भने विपक्षमा ८३ र मत दिन हुँदैन भन्नेमा १ मत परेको छ ।

संसदको यो निर्णयले पटक–पटक भएको प्रतिनिधिसभा विघटन गलत भएको पुस्ट्याएको छ’ नेता नेपालले भने, ‘यो प्रतिनिधिसभाले स्थायित्व दिन सक्दैन भन्ने स्थापित गर्न खोजिएको थियो तर त्यो असफल भइ निरंकुश प्रवृत्तिमा अंकुश लागेको छ ।’

साथै उनले जनता, लोकतन्त्र र संविधानको जित भएको बताए ।

त्यस्तै जनता समाजवादी पार्टीका संघिय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको अत्यन्त विध्वंशकारी हर्कत पतन भएको बताएका छन् ।

संसद बैठकपछि सञ्चारकर्मीसँग बोल्दै डा.भट्टराईले ओलीको हर्कतले उनको पतन हुनु स्वभाविक भएको बताए ।b

ओली सरकार पतनपछि हामीले शेरबहादुर देउवाजीको नेतृत्वमा सरकारमा गएका हौँ’ डा.भट्टराईले भने, ‘यो एक प्रकारको ०६५, ६६ पछि काँग्रेस, माओवादी र मधेशी दलको टुटेको सहकार्य फेरि जोडिएको छ ।’ यो सरकार निर्माण हुनु अहिलेको आवश्यक्ता रहेको समेत उनले बताए ।

देउवालाई विश्वासको मत : एमाले दुवै पक्षलाई घाटा

देउवालाई विश्वासको मत : एमाले दुवै पक्षलाई घाटा

नेपाल स्वयंसहित केही नेताले विश्वासको मत दिएका थिए भने उनी पक्षधर १० जना मतदानमा सहभागी भएनन्।

अर्कोतिर ओली समूहकै आठ सांसदले देउवालाई विश्वासको मत दिए। नेपालसहित एमालेका २२ सांसदले देउवालाई विश्वासको मत दिएका थिए भने १० जना तटस्थ बसेका थिए।  

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने क्रममा दुवैतिर खटपट उत्पन्न हुँदा ओली र नेपाल दुवैलाई घाटा भएको छ।

नेपाल समूहका सांसदले पार्टी नेतृत्वलाई एकताका लागि दबाब दिने भन्दै संसद् भवनबाट बाहिरिएको बताए पनि ओली समूहका सांसदले पार्टीको ह्विप उल्लंघनबारे केही बताएका छैनन्।

ओली समूहमा रहेका सांसद हीरा केसी, पार्वती विशुंखे, कलिला खातुन, बिना बुढाथोकी, धनबहादुर बुढा, समिना हुसेन, प्रेम आले र किसान श्रेष्ठले देउवालाई विश्वासको मत दिएका थिए। 

आइतबार बसेको स्थायी कमिटी बैठकले जस्तोसुकै परिस्थितिमा पनि देउवालाई समर्थन नगर्ने निर्णय गरेको थियो।

बैठकपछि एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले देउवालाई विश्वासको मत दिने नेताहरू एमालेमा नरहनेसमेत बताएका थिए।

उनले नेता नेपालले जसरी पनि देउवालाई मत दिने बताएको जानकारीसमेत गराएका थिए। ​यो समाचार नागरिक दैनिकमा छ 

एमालेभित्र को–को देखिए ओलीविरोधी

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा १ सय ६५ र विपक्षमा ८३ मत खसेको छ ।

मतदानमा २ सय ४९ जना सांसद सहभागी भएकोमा एक सांसदले तटस्थमा मतदान गरेका छन् ।

प्रधानमन्त्री देउवाले आइतबार बिहान मात्रै विश्वासको मतका लागि संसद् सचिवालयमा पत्र दर्ता गराएर आइतबारै विश्वासको मत लिएका हुन् ।

विघठित प्रतनिधिसभा पुनस्र्थापित भएपछि बैठक बोलाएको पहिलो दिनमै प्रधानमन्त्री देउवाले विश्वासको मत लिएका हुन् ।

उनको आफ्नै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेका केही सांसद र राष्ट्रिय जनमोर्चाका सांसदले उनलाई मत दिएका हुन् ।

देउवाको पक्षमा नेपाल र ओली दुवै समूहका केही सांसदले फ्लोर क्रस गरी मतदान गरे भने राप्रपा र नेमकिपाका एक(एक सांसदले मतदान गरेनन् ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button