धरहरा बाट ख,से,र बा,चे,की रमिला वैशाख १२ को का,लो दिन सम्झदै गरिन यस्तो अठोट (भिडियो सहित)
२०७२ वैशाख १२ गते उनी साथीसँग धरहरा चढ्न पुगिन् रमिला श्रेष्ठ । धरहराको टुप्पोबाट फेदमा मान्छेहरू किरिङमिरिङ देखिन्थे । गाडीको गोलाकार धर्सो टुँडिखेललाई केन्द्र पारेर चलायमान थियो ।
रामेछापबाट काठमाडौं घुम्न आएकी उनलाई धरहरामाथिबाट काठमाडौं हेर्दा अधै मज्जा लाग्यो । तर, धरहराको माथिल्लो उचाइबाट काठमाडौं हेर्दा लागेको खुसी धेरै बेर टिक्न सकेन । एक्कासि हावा चलेजस्तो लाग्यो, उनी थुचुक्कै भुइँमा बसिन् । त्यसपछि के भयो उनलाई केहि थाहा छैन ।
होसमा आउँदा बेस्सरी घामले पोलेजस्तो भयो । भित्र कहाँ–कहाँ पीडा भएजस्तो, मुख सुकेजस्तो लागेको थियो । फेरि धुम्म भयो । छिनछिनमा होस आउँदै–जाँदै गरेको थियो ।
होसमा आएका वेला खुट्टा पसारेर बसेको अवस्थाको सम्झना छ, रमिलालाई । खुट्टा चलाउन खोजिन्, तर खुट्टा चल्दै चलेन । आफ्नो खुट्टा भाँचिएको थाहा पाउन उनलाई धेरै बेर लागेन ।
‘ला यस्तो भयो, अब ममी–ड्याडीले मा,र्नुहुन्छजस्तो लाग्यो, एकदमै डर लागेको थियो,’ तीन वर्षअघिको घटना सम्झिँदै उनले भनिन् ।
बाकिँ कुरा भिडियो हेर्नुहोस्:
यो पनि,,,‘सबैका बाबा हुन्छ हाम्रो किन बाबा छैन ममी ? भनेर दुई छोरीले प्रश्न गर्दा म र्न मनलाग्छ’ (भिडियो हेर्नुस्)
काठमाडौ । कान्छी छोरी ७ महिनाकी हुँदा विदेश गएका श्रीमान अहिले छोरी ८ वर्षको हुँदा सम्म पनि फर्केर आएनन् । दुई छोरी लिएर माइतको सहारामा बस्नु पर्दा उनलाई निकै दुख लाग्छ ।
त्यो भन्दा पनि दुख सबैका बाबा हुन्छ हाम्रो किन बाबा छैन ममी भनेर छोरीहरुले भन्दा । उनले धेरै पटक आफुलाई संसारवाट विदा गर्ने विचार पनि गरिन् तर आफ्ना दुई छोरीको अनुहार हेरेर त्यसो गर्न पनि सकिनन् ।
सुनसरीको धरानकी सम्झना राई यतिबेला छोरीहरुका लािग भविष्यका लागि चिन्तित छन् । ठुलो छोरी नै ११ वर्षको भइसकिन् । एउछा छोरी ४ र अर्की छोरी एकमा पढ्छिन् ।
उनी चाहन्छिन् यदि श्रीमान आफुसंग खुसी छैनन् भने जो संग रहन चाहन्छन् उतै बसुन तर छोरीहरुको भविष्यका लागि भने साझेदारी गरुन् । उनीहरुलाई वुवा छंदा नै बुवा विहिन हुन नपरोस् ।
आफुले कसरी श्रीमानको खोजी गर्ने भन्ने थाहा नपाएका कारण उनले ७ वर्ष सम्म कतै खोज्न गइनन् । विवाह लगत्तै पनि उनका श्रीमानले त्यती वास्ता गर्थेनन् । विवाह पछि पनि उनी माइतमै बस्थिन् । नेपालमा छँदा विग्रिए, विदेश गएपछि जिम्मेवार बन्छन् होला भनेर उनले ऋण खोजेर श्रीमानलाई विदेश पठाइन् । तर उनी फर्केर आएनन् ।
विदेश जाँदा लागेको ऋण पनि तिर्नु भएन, सुध्रनु हुन्छ होला भनेर पठाएको फर्केर आउनुभएन, उनले रुँदै भनिन्, विदेश गए पछि ९ महिना सम्म हाम्रो कुरा हुन्थ्यो तर त्यसपछि सम्पर्क विहिन भएको उनको भनाई छ ।
श्रीमानको घर धनकुटाको पात्लेखोला हो, घर परिवारका सदस्यले पनि छोरा हाम्रो सम्पर्कमा छैनन् भन्ने गरेको उनको भनाई छ ।
श्रीमानलाई उनले मलेसिया पठाएकी थिइन्, उतै हराएपछि मलेसियामा रहेका अन्य नेपालीहरु मार्फत खोजी गर्दा पनि फेला पार्न नसकेको उनको भनाई छ ।
धनकुटा सासु ससुराको घरमै बस्दा पनि छोरीहरु विरामी हुँदा पनि वास्ता नगर्ने, घरमै नबस्ने गर्ने गरेकाले आफु माइत आएर बस्न थालेको बताउँछिन् । उनीहरुले बाबा छन् भन्ने महशुष गर्न पाउन भनेर अहिले उनले श्रीमानलाई सम्पर्कमा आउन आग्रह गरेकी छन् ।