दौरासुरुवाल सहित तयार भएर मन्त्रीको शपथ खान गाडीमा जाँदैथिए, अचानक लिष्टवाट नाम हटाइएको खबर आएपछि

काठमाडौ । एउटै पार्टी भित्रको गुट उपगुटका कारण इमान्दार नेताहरु कसरी पछाडी पर्छन भन्ने उदाहरण गण्डकी प्रदेशमा देखियो ।

मन्त्री बन्ने पक्का भएर दौरा सुरुवाल समेत सिलाएर सपथ खान हिँडेका एक जना नेपाली कांग्रेसका नेता बीचवाटोवाटै फर्कनु परेको छ ।

माथिवाट आएको आदेशले उनको ठाउँमा एकै छिनमा अर्का ब्यक्ति मन्त्री बने । गण्डकी प्रदेशमा शुक्रवार मन्त्रीपरिषद्ले पुर्णता पाउँदा डोवाटे विश्वकर्मा भने ठूलो अन्यायमा परे ।

विहिवार उनी मन्त्री बन्ने टुंंगो लागेको थियो । केही दिन अघि नै उनलाई मन्त्री बन्ने भएकाले तयार रहन भनिएको थियो । त्यसैले उनी दौरासुरुवाल सिलाएर मन्त्रीको सपथ लिन पोखरा जाँदै थिए ।

तर बाटोमै पुग्दा उनलाई मन्त्री पद खुस्कीएको खबर आयो ।

विहिवार कांग्रेसबाट मणिभद्र शर्मा कँडेल, डोवाटे विश्वकर्मा र मेखलाल श्रेष्ठको नाम टुंगो लगाइएको थियो ।

तर गुटको मा रमा परे विश्वकर्मा । कास्कीका विन्दुकुमार थापालाई मन्त्री बनाउन पार्टी केन्द्रबाट दवाव आएपछि उनको नाम अन्तिम अवस्थामा हटाइयो ।

विहिवार नै सपथ भएको भए सायद उनी मन्त्री बनिसक्थे । तर माओवादीसँगको वार्ताले रात परेपछि शपथको कार्यक्रम विहिवारवाट शुक्रवार सारियो ।

रात गए अग्राख पलाए भनेजस्तै एक रातमै उनको ठाउँमा अर्कै मन्त्री बन्न आइपुगे ।

मन्त्रीको शपथ लिने गरी शुक्रबार बिहान १० बजे तनहुँका डोवाटे पोखरा पुग्दा मन्त्री बन्ने लिष्टवाट उनको नाम हटिसकेको थियो । हातैको मन्त्री पद फुस्किएपछि उनी निराश भएर शुक्रबार दिउँसै गृहजिल्ला फर्किएका छन् ।

६६ वर्षीय सांसद विश्वकर्मा तनहुँको व्यास नगरपालिका(२ अमरपुरीका स्थायी बासिन्दा हुन् ।

निर्वाचन आयोगमा सनाखत गर्दा तटस्थ बसेका रेशम चौधरीले जेलवाटै गरे कित्ता क्लियर

नता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादका क्रममा निर्वाचन आयोगमा सनाखतका लागि उपस्थित हुँदा तटस्थ बसेका रेशम चौधरीले पनि कित्ता क्लियर गरेका छन् ।

उनले आधिकारीकता विवाद समाधान भए पछि आफ्नो कित्ता क्लियर गरेका हुन् ।

टिकापुर घटनामा दो षी ठहर गर्दै अदालतको आदेशवाट कारागारमा रहेका नेता रेशम चौधरीले आफू आधिकारिक पार्टीमै रहेको प्रतिक्रिया दिएका छन् ।

जसपाका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले ट्वीटरमार्फत चौधरी आफूहरुको पक्षमा रहेको खुलासा गरेका छन् । उनले आफुलाई टेलिफोनवाट पक्षका बारेमा खुलासा गरेको बताएका छन् ।

नेता खतिवडाले भनेका छन्, ‘माननीय रेशम चौधरीले फोनवार्तामार्फत व्यक्त गर्नु भएको इच्छा र तुल्सीलाल स्मृति भवनमा जारी जसपा बैठकको अनुमोदन मुताबिक चौधरी जसपा आधिकारिक पार्टीमा र पार्टी केन्द्रीय कार्यकारिणी समिति सदस्य कायमै रहनु भएको प्रष्ट गर्न चाहन्छु ।’

यसअघि खतिवडाले चौधरीमाथि कारवाही गरेको हल्ला निराधार भएको प्रतिक्रिया दिएका थिए ।

जसपामा कार्यविधाजनको प्रक्रिया चलिरहँदा चौधरीबारे खतिवडाले पार्टीको धारणा सार्वजनिक गरेका हुन् ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button