दुई युवकबाट एक किशोरी बलात्कृत
५ माघ, काठमाडौं । बैतडीको सिगास गाउपालिकामा १६ वर्षीया किशोरीलाई बलत्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार सिगास गाउपालिकाका ३० वर्षीय टेक बहादुर धामी र ५४ वर्षीय लक्ष्मण सिह धामीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरिक्षक जनक सिंह धामीले जानकारी दिएका छन् ।
पीडित किशोरीले इलाका प्रहरी कार्यालय पाटनमा दिएको जाहेरीको आधारमा उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए ।
पीडितको पनि पहिचान खुल्न सक्ने भन्दै पक्राउ परेका आरोपीतहरुको वडा खुलाइएको छैन । प्रहरीका अनुसार आरोपीत दुबैले मेलापात गर्न जादार घरमै आएर डर त्रास देखाएर करणी गरेको बताएको प्रहरीले जनाएको छ ।
यस अघि यहि पुस २९ गते पनि पञ्चेश्वर गाउपालिकाकी १७ वर्षीया किशोरीलाई बलत्कार गरेको आरोपमा मेलौली २ का प्रबिन चन्द र पञ्चेश्वर ४का धर्मेन्द्र चन्दलाई प्रहरीले पक्राउ गरेको थियो ।