दिउसो प्रेमीसँग डेटिङ गएकी अस्मिता साँझ झुण्डिएको अवस्थामा फेला परिन्, किन लिइन् यस्तो निर्णय ?

सल्यानमा एक दुखद घटना घटेको छ । त्यहाँको शारदा नगरपालिका – १ श्रीनगर घर भएकी एक युवतीले असमयमै यो सन्सार छोडेकी छिन् ।

ती युवती १८ वर्षीय अस्मिता बुढा हुन् । उनले त्यस्तो गर्नु अघि घरमा नोट लेखेर छोडेकी थिइन् ।

उनका साथीहरुका अनुसार आफ्नो प्रेमिसँग खटपट भएपछि अस्मिताले यस्तो कदम चालेको हुनेसक्ने बताएका छन् ।

साँझ खाना खाएर कोठामा गएकी उनले घरको दलिनमा सलको पा सो लगाएर देह त्याग गरेको प्रहरीले जनाएको छ ।

घटना अनुसन्धानकै क्रममा रहेका ले थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

परिवारले दिएको जाहेरीका आधारमा प्रहरीले अस्मिताका प्रेमी श्रीनगरकै छवि ओलीलाइ पक्राउ गरेको छ ।

अदालतबाट म्याद लिइ उनलाई प्रहरी हि रा स त मा राखेर अनुसन्धान भइरहेको सल्यान प्रहरी कार्यालयका प्रमुख डीएसपी गोविन्द थापाले जानकारी दिएका छन् । अस्मिता घरकी एक्ली सन्तान हुन् ।

अस्मिताका साथीहरुले दिएको जानकारी अनुुसार अस्मिता दुइवर्ष अघिदेखि श्रीनगरकै छवि ओलीसँग प्रेममा थिइन् ।

साउन २ गते शनिबार दिउँसो अस्मिता साथीहरुसँग घुम्न छत्रेश्वरी गाउँपालिकाको शंकमुल गइन् ।

प्रेमी छवि पनि अस्मितालाइ भेट्न शंकमुल आए । त्यसपछि उनिहरु शंकमुल पार्कमा फोटो खिच्न र गफगाफमा व्यस्त भए ।

घरबाट घुम्ना जाँदा अस्मिताले साथीहरुसँग आफ्नो प्रेमीले आफुलाइ आजभोली वास्ता गर्न छोडेको, टाइम नदिएको र धो का दिन खोजिहरको बताएकी थिइन् ।

तर शंकमुलमा छविसँग भेट हुँदा र फर्किदाँ उनि खुसी भएको साथीहरु बताउँछन् ।

नोटमा अस्मिताले लेखेकी छन्, ‘ममी तिमीले भनेको ठिकै थियो, छविसँग लभ नगर भनेको तर म नसुनेर छविसँग लभ गरे, त्यसलाइ माया गरे तर मलाइ आज यो अवस्थामा लिएर छाड्यो ।’

५ महिनाकी बालिकाको के गल्ती थियो ? बुवाका भान्जाले उचालेर फाले तत्काल निधन

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को देवचुलीमा पाँच महिने बालिकाको ज्यान लिइएको छ ।

देवचुली–६ मिर्तुङमा मापसे गरेपछि भएको पारिवारिक विवादमा पाँच महिने बालिकाको ज्यान गएकाृ हाृ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार शुक्रबार देवचुली–६ बस्ने कर्णबहादुर सारुले मापसे गरी आफ्नै मामा पदमबहादुर बाह्रघरेसँग विवाद गरेका थिए।

सो क्रममा मामाकी पाँच महिने छोरी धनमाया बाह्रघरेलाई उचालेर घरको पिँढीमा फा ले का थिए।

पिँढीमा फा लि एर गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा शनिबार स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा ज्यान गएको गिरीले जानकारी दिए। घटनामा संलग्न सारुलाई शनिबार पक्राउ गरिएको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button