दाङमा तीन बालक मृत्युको घटनामा प्रहरीको देखियो यति ठुलो लापरवाही, बालकको आमाले रुँदै सुनाइन् घटना (भिडियो हेर्नुस्)

काठमाडौ । दाङमा शनिवार एउटा भारतीय नम्बर प्लेटको कारमा तीन बालक मृत्यु भएको घटनामा प्रहरीको लापरवाही भएको बालकका आफन्तले आरोप लगाएका छन् ।

बालकको आमा सुनिता परियारले आफुहरु छोरा हराए भन्दै प्रहरी कार्यालयमा उजुरी दिन जाँदा महिला प्रहरीले यस्तो कोरोनाको समयमा यस्तो सानो घटना हामी हेर्दैनौं भनेर वेवास्ता गरेको बताइन् ।

उनले ३ बालक हराएको घटना कसरी सानो भयो भनेर आफुले अलि ठूलो श्वरमा बोलेपछि अर्को पुरुष प्रहरीले हामी हेर्छौ भनेर निवेदन छोडेर जानु भनेको बताइन् ।

हाम्रा छोरा हराएको निवेदन दिएको २४ घण्टा पछि पनि प्रहरीले कुनै जानकारी नदिएपछि आफुहरु जाँदा प्रहरीले बल्ल बालकको नाम सोधेको बताइन् । अघिल्लो दिन दिएको निवेदन अहिले सम्म किन हेर्नुभएन ? भनेर आफुले प्रहरीलाई प्रश्न गरेको सुनिताको भनाई छ । दुई छोराकी आमा रहेकी उनले एउा छोरा गुमाएकी छन् ।

आफ्ना दुई नाती गुमाएका हजुरवुवा पनि घटनास्थल पुगेका थिए । आफ्ना दुई सन्देश परियार र सुवर्ण परियारको मृत्यु भएको भन्दै घटनास्थल पुगेका उनी निकै भावुक भए । कृण्णबहादुर गन्दर्भले आफुले दुई नाती गुमाएको बताए ।

उनीहरुले घटना रहस्यमय भएको भन्दै सत्य पत्ता लगाउन आग्रह गरेका छन् । बालकहरु आफै कारमा नगएको र कसैले घटना गराएको हुनसक्ने परिवारका सदस्यले बताएका छन् ।

प्रहरीका अनुसार मृ त भेटिनेमा तुलसीपुर–६, गाइडरका भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका सात वर्षीय छोरा सुवर्ण परियार र किरण परियारका सात वर्षीय छोरा करण परियार छन् । सुवर्ण र किरण दुई दाजुभाइका छोरा हुन् ।

यो पनि,,,लुम्बिनीको राजनीतिमा नाटकीय मोड,एमाले माननीय माओवादीतिर गएपछि अब शंकर पोखरेललाई अप्ठेरो

लुम्बिनी प्रदेशको आन्तरिक राजनीतिमा नाटकीय मोड उत्पन्न भएको छ । लुम्बिनी प्रदेश सांसद विमलाकुमारी खत्री नेकपा एकाले छोडेर नेकपा माओवादीमा प्रवेश गरेकी छिन् ।

माओवादीमा उनको प्रवेशसँगै एमाले नेतृत्वमा एकल बहुमतको सरकार बनाउने मुख्यमन्त्री शंकर पोखरेलको योजनामा चुनौती थपिएको छ ।

एकल वहुमतको सरकार बनाउन मुख्यमन्त्रीवाट राजिनामा दिएका पोखरेललाई नेकपा एमाले संसदिय वैठकले फेरी पनि मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । विमलाको यो निर्णय संगै १६८ को १ अनुसार बहुमत प्राप्त दलको हैसियतले सरकार बनाउने बाटो मुख्यमन्त्री पोखरेलका लागि असहज भएको हो ।

उनी नेकपा रहँदै दाङबाट प्रदेशसभा ३ (ख) बाट उपचुनाव जितेकी थिइन् ।

सवारी दुर्घटनामा पति उत्तरकुमार वलीको निधन भएपछि उक्त क्षेत्रमा उनी उपचुनाव लडेर विजयी भएकी हुन् । विकसित घटनाक्रमलाई मध्यनजर गर्दै नयाँ परिस्थितिमा नयाँ निर्णय लिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी समितिको आकस्मिक बैठक बोलाएका छन् ।

४१ जना सांसद सहित बहुमत रहेको भनिएको लुम्बिनी प्रदेशमा एमालेको सांसद अब ४० मा झरेपछि स्पष्ट अल्पमतमा पुगेको छ ।जुन बहुमतको लागि एक सिट अपुग हो । यसले गर्दा एमालेको सरकार बन्ने सम्भावना तत्काललाई असहज बनेको छ ।

प्रधानमन्त्रीले अब लुम्बिनी प्रदेशसभा भंग गराउन राष्ट्रपतिसमक्ष सिफारिश गर्ने सम्भावना रहेको स्रोतको दाबी छ ।

यसो गर्दा सरकार बच्ने तर प्रदेश सभा मर्ने हुन्छ । आज सबेरै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि शुरु भएको नयाँ सत्ता समिकरणको खेल नाटकीय मोडमा पुगेको हो ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button