दाई भन्दै घरमै आउने छोरीको आमालाई श्रीमानले लिएर हिँडेपछि श्रीमती मु र्छा (भिडियो हेर्नुस्)
छिमेकमै बस्ने विवाहित महिला श्रीमानलाई दाई भन्दै आउँथिन् । आफुलाई पनि भाउजु भन्थिन् ।
छोराछोरी खेलाउन आफ्नै घरमा लैजान्थिन् । दाई बहिनी जस्तो पवित्र नातामा उनले कहिल्यै शंका गरिनन् । छिमेकी महिलाका श्रीमान विदेशमा थिए ।
त्यसैले उनले घरमा एक्लै भएकाले आफुसंग कुराकानी गर्न आएको भनेर खुसी नै थिइन् । समय वित्दै गयो तर आफुलाई भाउजु भन्ने महिला नै अहिले आफ्ना श्रीमानसंग भागेको थाहा पाएपछि उनी छाँगावाट खसेजस्तो भएकी छन् ।
दाई बहिनीको पवित्र नातालाई बदनाम गरेको भन्दै महिलाले न्याय खोज्न मिडिया सामु आफ्ना समस्या राख्न आएकी छन् ।
साउदीमा रहेका यि महिलाका श्रीमान पनि अहिले नेपाल आएका छन् । चितवनमा भएको यो घटनाले फेरी एउटा वैदेशिक रोजगारीले निम्त्याएको विग्रह देखाएको छ ।
छोरी लिएर घरमा बसेकी श्रीमती छिमेकी विवाहित पुरुषसंग हिडेपछि उनी पनि साउदीवाट छिटै नेपाल फर्केका छन् । श्रीमतीले आफ्नो सन्तान पनि लिएर गएको भन्दै आफ्नो सन्तान फिर्ता गरिदिन आग्रह गरेका छन् ।
रञ्जु मगरको श्रीमान र होमबहादुर मगरको श्रीमती संगै हिडेका हुन् । होमबहादुरको छोरी समेत लिएर श्रीमती रञ्जुको श्रीमानसंग गएको बताइएको छ ।
मलाई दिदी भन्थिन्, हाम्रो घरमा आउँथिन् मलाई पनि मेरो घरमा आउनुस् भन्थिन् म पनि जान्थे । तर दाई भन्ने मेरो श्रीमानसंग नराम्रो सम्बन्ध रहेछ । सबै गाउँलेले थाहा पाएका रहेछन् ।
मलाई कसैले पनि भनेनन् । तर होमबहादुरलाई उनको आमाले भनेपछि भने श्रीमतीको बारेमा थाहा पाएका रहेछन् । होमबहादुरलाई तिम्रो श्रीमती अरुसंग लागेको छ भनेर आमाले भनेपछि आफुले थाहा पाएको बताए ।
त्यसपछि उनले अन्य आफन्त र साथीभाईलाई पनि सोध्दा कुरा पुष्टि भएको उनको भनाई छ ।
यो पनि,,,साबधान ! कोरोना सर्ने तरिका अहिले सम्मकै नयाँ प्रमाण भेटियो ! बढ्यो झनै खतरा
विश्वलाई कोरोना महामारीको दोस्रो लहरले गाँजिरहेका बेला वैज्ञानिकले हावाबाट पनि कोरोना भाइरस सर्ने १० वटा प्रमाण भेटेका छन् ।
गत साता विश्वप्रसिद्ध मेडिकल जर्नल ल्यान्सेटमा छापिएको अध्ययन प्रतिवेदनमा यी प्रमाणहरुबारे उल्लेख गरिएको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अमेरिकाका विभिन्न संस्थामा कार्यरत ५ वैज्ञानिकले संयुक्तरुपमा उक्त अध्ययन गरेका हुन् ।
पहिलो प्रमाणका रुपमा वैज्ञानिकले कोभिड –१९ व्यापक प्रसारमा निश्चित कार्यक्रम तथा जमघट (सुपरस्प्रेडिङ इभेन्ट्स) धेरै हिसाबले जिम्मेवार रहेकाले यो हावाको माध्यमबाट सरेको देखिएको तथ्य राखेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।
कोरोना संक्रमण बढ्दै गए पनि यसप्रति सतर्कता अपनाइएको पाइँदैन। दिनहुँजसो भीडभाड बढिरहेको छ। सरकारले कोरोना जोखिम बढ्दै गएको भन्दै भीडभाड गर्न रोक लगाए पनि त्यसको पालना हुन सकेको छैन।
सिरहा जिल्ला प्रसाशन कार्यालयले चैत ३० गते सूचना जारी गर्दै छिमेकी भारतलगायत विभिन्न देशमा कोरोना संक्रमण बढ्दै गएकाले नयाँ वर्षको अवसरमा मेला आयोजना नगर्न आग्रह गरेको थियो।
प्रशासनले भीडभाड हुने कार्यक्रम नगर्न सूचना जारी गरे पनि नयाँ वर्षलाई स्वागत गर्न भन्दै सिरहाको लहान, लक्ष्मीपुरपत्तार, भगवानपुर, पकडियागढ, सिरहा क्षेत्रमा मेला लाग्यो। मेलामा सहभागीले न मास्क प्रयोग गरेका थिए, न त व्यक्तिगत दूरी नै कायम गरेका थिए।