दाईको न्यायको लागि लडेकी सदिक्षा बास्तोला यस्तो भावुक स्टाटस लेख्दै अमेरिका फर्किइन्

आफ्नो दाईको न्यायको लागि प्रहरी प्रशासन सँग ल’डेकी सदिक्षा बास्तोला अमेरिका फर्किएकी छिन् । उनले एउटा स्टाटस लेख्दै सबैलाई धन्यवाद दिएकी छिन् । उनले लेखेको स्टाटस हेर्नुहोस् जस्ताको तस्तै: “आदर्णीय आमा बुवा, दाजु भाई, दिदी बहिनी तथा सम्पूर्ण न्याय प्रेमीहरुलाई, म, सदिक्षा (दुर्गा) को हृदय देखि नै नमन ।

गत ३ महिना अगाडी भएको मेरो दाईको स’न्का’स्पद मृ’त्यु को के’स ढि’समि’स हुनै आटेको थियो । बुढापाकाले भन्ने गरेको बाक्य “पा’प धु’री बाट करा’उँछ । यो कहिलै पनि लुक्दैन” एकदमै सत्य रहेछ । त्यो दिन सायद म माथी इश्वरको कृपा बर्सेको थियो र सायद पाप पनि धुरीबाट कराउने बेला भएको थियो ।

दुइटै हुनुको संयोगमा एक मध्य म भएर बसेकी म, “खै मेरो दाइको फोटो हेरुम” भन्ने माग बाट सुरु भएको यो न्यायको माग आज सम्मानित अदालतको नजर सम्म पुगेको छ । मेरो एक्लो आवाजलाई हजुरहरु सबै न्याय प्रेमीको आवाज र हौसलाले रक्षा नगरेको भए सायद त्यो आवाज पनि बतास सङै बिलाएर जाने थियो होला ।

तर तपाइहरुले मेरो पि’डालाई आफ्नै सम्झि दिन रात नभनी यो बिषय`लाई नि’यालि रहनु भयो । मैले जतिनै धन्यबाद भनेपनि त्यो अ’पूरो नै हुन्छ तर पनि मेरो हृदयबाट नै निस्किएको यो ‘धन्यबाद’ सब्दलाई स्विकारिदिनु हुन बिनम्र अनु’रोध यै स्ट्याटस बाट नै गरें ।

यो बिषयलाई एउटा का’नूनी बाटो बाट अगाडि बड्ने मोडमा पुर्याएर, म आज मैले देखेको उडान भर्ने सपनालाई साकार पार्न र आफ्नो अध्यनलाई पुरा गर्न भनेर युएसए तर्फ उड्दैछु । हजुरहरुको सुभकामना हमेशा रहने छ भनेर पनि वि’स्वस्त छु । पढाई सकेर आफ्नो शिक्षाको सदुपयोग गर्न र हाम्रो देशलाई मेरो सम्बन्धित सिक्षाले सेवा दिन चाडै फर्केर आउने छु । हजुरहरुको साथ र सहयोग हमेसा स्मरणमा रहने छ । नमस्कार ।”

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button