थानकोटमा च क्कु प्रहा’र गरी २० वर्षीय जितेन्द्रको ह’त्या ग रेकालाई समात्यो प्रहरीले, फरार व्यक्तिको खोजी जारी

काठमाडौँमा धा’रिलो ह’ति’यार प्रहा’र गरी एक व्यक्तिको ह’त्या गर्ने दुई जनालाई आज प्रहरीले प’क्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका–३ थानकोट बस्ने महोत्तरीको जलेश्वर नगरपालिका–२ का २० वर्षीय जितेन्द्र साहको आइतबार धारिलो हतियार ९चक्कु० प्रहार गरी ह’त्या गरेको अभियोगमा चन्द्रागिरि–३ थानकोट बस्ने ३६ वर्षीय सोमलाल गोपाली र मकवानपुर दामन घर भएका २५ वर्षीय मनोज दोङ तामाङलाई पक्राउ गरिएको हो ।

चन्द्रागिरि–३ थानकोटमा गए राति उनीहरुसहित तीन जनाको समूहले च क्कु प्र हा र गर्दा साहलाई ग’म्भीर घाइते बनाएकामा उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा आज मृ’त्यु भएको थियो ।

उक्त घटनामा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा गोपालीलाई चन्द्रागिरि–३ थानकोट र तामाङलाई सोही नगरपालिका–१ दहचोकबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।

घटनामा संलग्न भइ हाल फरार एक व्यक्तिको खोजी जारी रहेको छ । पक्राउ परेका दुईविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

माओवादी नेत्री भुसाललाई मातृ शोक, प्रचण्डले पार्थिव शरीरमा पार्टीको झण्डा ओडाएर दिए श्रद्धाञ्जली

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का स्थायी समिति सदस्य पम्फा भुसाललाई मातृशोक परेको छ । उहाँकी आमा इन्द्रकलाको आज बिहान ९३ वर्षका उमेरमा आफ्नै निवास ललितपुरमा निधन भएको हो ।

उहाँको निधनप्रति अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गर्नुभएको छ । अध्यक्ष दाहालले आज सन्देश दिँदै दिवङ्गत आमाप्रति श्रद्धाञ्जलि अर्पणका साथ नेत्री भुसाललगायत शोकसन्तप्त सम्पूर्ण परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), स्थायी समिति सदस्य पम्फा भुसालकी ममतामयी आमा इन्द्रकला भुसालको ९३ वर्षको उमेरमा आज बिहान ७ बजे आफ्नै निवास ललितपुरमा निधन भएको खबरले दु:ख लागेको छ ।

दिवंगत आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै कमरेड पम्फा भुसाल लगायत शोक सन्तप्त सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’

सभामुख अग्निप्रसाद सापकोटाले पनि स्व भुसालप्रति पशुपति आर्यघाट पुगेर श्रद्धाञ्जलि अर्पण गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button