त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० राउण्ड गोलीसहित दुई जना पक्राउ परेका छन् ।
२० पुस, काठमाडौं । काठमाडौंबाट झापा भद्रपुर जान लागेका यात्रु चेकजाँचका क्रममा ५० राउण्ड गोलीसहित दुईजना पक्राउ परेका छन् ।
विमानस्थल प्रहरीले लोकपथलाई दिएको जानकारी अनुसार पक्राउ परेका उनीहरु आमा छोरा हुन् ।
सो परिमाणको गोलीसहित बद्रीहाङ राई र मुनादेवी राई श्री एयरलाइन्सको जहाजबाट यात्रा गर्न लागेका थिए ।
विमानस्थलमा चेकजाँचका क्रममा झोलामा लुकाएको अवस्थामा सो परिमाणको गोली फेला परेको हो ।
मुनादेवीको श्रीमान् प्रहरीका अवकास प्राप्त सई रहेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
1
+1
+1