तुलसीपुरमा रोकिराखेको बसमा आगजनी,कसले लगायो आगो?

११ साउन, काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित रानीघाट खोला नजिक रोकिराखेको एक बसमा अज्ञात समूहले आगजनी गरेको छ ।

घोराही–तुलसीपुर सडकखण्डमा रा १ ख १८९२ नम्बरको बसमा अज्ञात समूहले आगजनी गरेको हो ।

बसमा गएराति साढे १ बजेतिर आगजनी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्याम अर्यालले जानकारी दिए । प्रहरीले राति नै आगो नियन्त्रणमा लिएको थियो ।

आगजनी गर्ने व्यक्तिको पहिचान नभएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गुल्मीमा २० गतेसम्म निषेधाज्ञा थप

 गुल्मीमा यही साउन २० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्ऽको बैठकले साउन २० गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणको दर कायमै रहेपनि बिभिन्न क्षेत्रहरुमा खुकुलो बनाएर निषेधाज्ञा थपिएको हो ।

थपिएको निषेधाज्ञा अनुसार खाद्यवस्तु बेच्ने पसलहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दैनिक बिहान ५ बजेदेखि दिउँसो ४ बजेसम्म संचालन गर्न पाउने भएका छन् ।

सार्वजनिक यातायातमा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गरी छोटो दुरीका यातयात सञ्चालन गर्न पाउने भएका छन् ।

निजी यातायात पनि सञ्चालन हुन पाउने भएका छन् ।

तर निजी यातायातमा यात्रु बोक्न भने प्रतिबन्ध गरिएको छ । जिल्लाभित्र निर्माण सामग्री, पुस्तक, कृषि जन्य पदार्थ बोक्ने जिप तथा ट्रक सुरक्षा मापदण्ड अपनाएर सन्चालन हुन पाउने भएका छन् ।

शैक्षिक संस्था वैकल्पिक विधिबाट संचालन गर्ने बताइएको छ । खाजा घर, रेष्टरेन्ट बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।

बैंक तथा वित्तीय संस्था, सहकारी, बिमा कम्पनीहरु सञ्चालन गर्न पाउने भएका छन् ।

खाद्यवस्तु बेच्ने पसलहरु र बैंक तथा वित्तीय संस्था फेन्सी पसल, इलेक्ट्रोनिक पसल, टेरलिङ, सुनचाँदी पसल, स्टेशनरी तथा पुस्तक पसल खोल्न पाइने भएको छ ।

जिल्लामा संचालित शैलुन, ब्युटिपार्लरहरु, सार्वजनिक यातायात भने संचालनमा पूर्ण रुपमा रोक लगाइएको छ ।

अस्पताल, औषधि पसल २४  घण्टा नै खुला रहनेछन् ।

जिल्लामा कोभिडको दोस्रो लहरबाट ३७६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

कोरोना संक्रमणका कारण जिल्लामा ९१ जनाको मृत्यु भइसकेको छ ।

जिल्लामा हालसम्म तीन हजार ९६० जना संक्रमित निको भएको कार्यालयले जनाएको छ ।

जिल्लामा कोरोनाविरुद्धको पहिलो चरणको खोप लगाउनेको संख्या ४३ हजार २६१ जना रहेका छन् ।

त्यस्तै दोस्रो चरणको खोप लगाउने ९ हजार ८९ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button