तुईनबाट बेपत्ता भएका युवकको बारेमा भारतीय एसएसबीले दियो यस्तो प्रतिकृया
काठमाडौँ– तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली खसेर बे’पत्ता भएको घटनामा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ ।
भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई पत्र पठाउँदै घटनाबारे बाहिर आएको जस्तो संलग्नता एसएसबीको नरहेको दाबी गरेका हुन् ।
दार्चुलाका प्रजिअ जोशीले आफूहरूले गरेको पत्राचारको लिखित जवाफ भारतीय पक्षले पठाएको जानकारी दिए ।
उनका अनुसार भारतीय पक्षले तुइन तर्न नसकेर युवक आफैँ नदीमा खसेको र उक्त घटनामा एसएसबीको संलग्नता नभएको दाबी गरेको छ ।
भारत पिथौरागढका जिल्ला अधिकारीले बाहिर आएजस्तो एसएसबीको संलग्नता नरहेको र त्यो आफूहरूको उद्देश्य पनि नभएको बताएका छन् ।
घटना भएको बेला एसएसबी मालघाट क्षेत्रमा ड्युटीमा खटिएको कुरा भने साँचो भएको जिल्ला अधिकारी आनन्द स्वरुपले पत्रमा उल्लेख गरेको प्रजिअ जोशीले जानकारी दिए ।
घटनापछि युवकको खोजी कार्यमा नेपाली पक्षलाई सघाउन भारतले एसएसबीको टोली समेत महाकाली नदीमा परिचालन गरेको जनाएको छ । पिथौरागढका जिल्ला अधिकारीले पठाएको पत्र प्रजिअ जोशीले शनिबार नै गृह मन्त्रालयमा पठाइसकेका छन् ।
शुक्रबार बिहान भारतीय भूमिबाट सदरमुकाम खलंगा आउने बेला व्याँस गाउँपालिका–२ स्थित मालघाटमा तुइन तर्ने क्रममा सोही गाउँपालिकाको मालका जयसिंह धामी ख’सेर नदीमा बे’पत्ता भएका थिए ।
शुक्रबार बिहान नदीमा खसेका धामीको अवस्था भने अझै अज्ञात छ । घटनाको छानविनका लागि गृह मन्त्रालयले समेत टोली गठन गरिसकेको छ ।
उक्त घटनाको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ भने विभिन्न राजनीतिक दल तथा संगठनहरूले छानविनको माग गरेका छन् ।
त्यस्तै बेपत्ता भएका ३३ वर्षीय जयसिंह धामीलाई दिनभरि खोज्दा पनि नभेटिएको स्थानीय प्रशासनले जनाएको छ । साँझ ६ बजेसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीले धामीको खोजी गरेको थियो ।
व्यास गाउँपालिका-२ बाट जिल्ला सदरमुकाम खलंगा जानका लागि भारतीय बाटो भएर चाँडै पुगिने हुँदा स्थानीयले तुइनको प्रयोग गर्ने गरेका थिए ।
शुक्रबार जयसिंहलगायत पाँच युवा जरुरी कामले जिल्ला सदरमुकाम जानुपर्ने भएपछि उनीहरुले तुइन चढेर भारतीय बाटो हुँदै जाने निधो गरे । बिहान आठ बजे उनीहरुमध्ये चार जना तुइन चढेर पारी पुगे ।
तर, अन्तिममा चढेका जयसिंह भने बीचमै हराए । बेपत्ता भएपछि व्याँस गाउँपालिका-२ को उनको गाउँ शोकमग्न बनेको छ।
गाउँका एक दर्जनजति युवाहरू महाकालीको किनारैकिनार जयसिंहको खोजी गरिरहेका छन्। नदीमा पानीको बहाव निकै बढेको छ। पानी पनि परिरहेकोले खाजी कार्यमा समस्या आएको स्थानीयले बताएका छन्।
घरमा जयसिंहकी श्रीमती बे’होस् अवस्थामा छिन्। छेउमै उनकी आमा पनि अ’र्धचेत् अवस्थामा ल’डि’रहेकी छन्।
जयसिंहका पाँच वर्षीय छोरा र अर्की डेढ वर्षकी छोरी छिन्। उनीहरू बे’होस् आमा र हजुरआमाबाको वरिपरि घुम्छन्। के भएको हो उनीहरूलाई थाहा छैन। जयसिंहका भाइ नरेन्द्र भने घटनापछि निरन्तर दाइको खोजीमा छन्।
‘केटाकेटीलाई त के थाहा भएको के हो, परिवार पूरै बेहोस् छन्, गाउँलेहरूले सान्त्वना दिने काम गरिरहेका छन्,’ स्थानीय जनकसिंह धामीले भने। गाउँका महिलाहरू जयसिंहको परिवारलाई सम्झाई-बुझाई गरिरहेकै छन्।
कोही जयसिंहको दाहसंस्कारको तयारीमा छन्। ‘हाम्रो यहाँको चलनमा मान्छे बगेको दोस्रो दिनसम्म नभेटिए बगेको ठाउँबाट शवको मूर्ति बनाएरै भए पनि अन्तिम संस्कार गरिहाल्ने चलन छ,’ उनले भने।
श्रीमतीलाई सर्लाही पुगेर आउँछु भनि ढाँटेर साथीभाइसँग मस्ती गर्ने सोचले वीरगञ्ज पुग्दा…..
सवारीचालक अनुमति पत्र (लाइसेन्स ) बनाउन वीरगन्ज आएका काठमाडौंका एक युवकको ह’ ‘त्या गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
प्रहरीले वीरगन्ज ७ रामटोलका २५ वर्षीय राहुल महर्जन र २७ वर्षीय दीप लामा तथा बाराको फेटा ३ का २७ वर्षीय धनन्जय रजकलाई पक्राउ गरेको हो।
घटनामा भारत मोतीहारीका ३० वर्षीय रवि सर्राफ भने फ’रार रहेको प्रहरीले जनाएको छ। सर्लाही लालबन्दी नगरपालिका १ घर भइ हाल काठमाडौंको गोंगबु बस्ने २७ वर्षीय सुजन भन्ने ज्ञानु पाख्रिनको घटनामा सं’लग्न रहेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
सर्लाहीको लालबन्दी–१ घर भई काठमाडौंको गोंगबु बस्ने २७ वर्षीय सुजन भन्ने ज्ञानु पाख्रिन श्रीमतीलाई सर्लाही पुगेर आउँछु भनेर निस्किए । तर उनी अब कहिल्यै घर फर्कने छैनन् ।
प्रहरीले दिएको जानकारी अनुसार ज्ञानु घरमा सर्लाही जान्छु भनेर ढाँटेर साथीभाइसँग म’स्ती गर्ने सोचले वीरगञ्ज आएका थिए ।
साउन १३ गते बुधबार २ जना साथीसँगै उनी वीरगञ्ज आइपुगे । विगतमा सुमो चलाउने क्रममा वीरगञ्जका राहुलसँग उनको दोस्ती बनेको थियो । पछिल्ला दिनमा ज्ञानु काठमाडौं ट्याक्सी चलाउँथे भने राहुलले पेशा परिवर्तन गरेर सानो पसल व्यवसाय गरिरहेका छन् । राहुलले नै अन्यसँग ज्ञानुको परिचय गराए ।
बुधबार साँझ उनीहरु वीरगञ्ज–७ रामटोल बस्ने २७ वर्षीय विक्की भन्ने दीपलामाको खाली घरमा बसे ।
वीरगन्ज आइपुगेर बुधबार राति सुजनले दीप लामाको कुम्हाल टोल स्थित घरमा साथीहरूसँग बसेर अबेर रातिसम्म बि’यर खा’एका थिए।
बियर सकिएपछि थप किन्न जाने बहानमा बा २ ज ५७८५ नम्बरको कारमा सुजनलाई लिएर उनका साथीहरुले रामटोलकै एकान्त स्थानमा लगेर घाँ’ ‘टी थि’चे’र ह’ ‘त्या गरी सुनको सिक्री, सुनको औँठी, घडी र नगद १० हजार रुपैयाँ लु’टे’र फ’रा’र भएका थिए।
बाँकी तीन जना हतार–हतार फर्कदै गर्दा घटनास्थल नजिकै मोटरसाइकलमा गस्ती गरिरहेको प्रहरीको क्युआरटी टोलीसँग जम्काभेट भयो । उनीहरुले प्रहरीलाई साथी हराएर खोजेको बताए ।
त्यसबेला नियमित गस्तीमा घटनास्थल नजिक पुगेको प्रहरी टोलीले निजहरू मध्ये ३ जनालाई तत्काल नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको थियो ।
उनीहरुमाथि थप अनुसन्धान गर्दा दीप लामाले घटनास्थल नजिकै नालामा लुकाएको मृतकको सुनको सिक्रीको टु’क्रा ब’रामद भएको र उनीहरुले पाख्रिनको ह’ ‘त्या गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।