‘तं त मरे पनि हुन्छ’

-खुमानन्द ज्ञवाली (बिष्णु)

तं त मरे पनि हुन्छ भन्ने गर्छन् ,हामीले यो जिबन धेरै नै त्याग र तपस्या पछी मात्र पाएका हौ । जीवन अत्यन्तै अमुल्य छ । जिबन अमुल्य छ किनकि यो कति बेला अन्तय हुने हो कसैलाई पनि के हि थाहा छैन । अमर हुने चाहाना त सबैलाई नै लाग्छ , यदि मरण हाम्रो हातमा हुन्थ्यो भने कसैले पनि आफ्नो मृत्यु चाहदैन थिए होला ।

भन्नेले त मेरो काल आएन , यो संसारमा बस्नु भन्दा त मर्न पाए नि हुन्थ्यो भनेर भन्ने गर्छन जब मृत्यु अगाडी आउँछ नि अनि म हो मर्न खोजेको भनेर कसैको पनि हात ठडाउने हिम्मत हुदैन ।

तर यहाँ आफ्नो मृत्यु चाहने मात्र होइन अरुको मृत्युको लागि भगवान पुकार्ने मान्छेहरुको कमि पनि छैन । आफ्नै श्रीमती होस या अरुकी , अत्यन्तै घनिष्ठ साथी होस या देख्नै बित्तिकै रिस उठ्ने साथी तथा आफ्नै आमा बाउ नै किन नहुन सबैले अरुको मृत्यु पुकारि बसेको छरपस्ट देख्न सकिन्छ ।

अरुले त देखेका मात्र छ्न होला तर मैले त भोगेको नै छु । मलाई थाहा छैन के साच्चिकै यिनीहरुले अरुको मृत्यु पुकारेका हुन्छन् या हुदैनन तर मेरो सामुन्ने भने यिनिहरुले मेरै मृत्यु पुकारि रहेका छ्न ।

अरुत परैको कुरा हो मलाई त मेरै आमाले पनि मेरो मृत्यु पुकारेकि हुन्छिन यदि मैले केही गल्ती गरे भने चिच्याइ चिच्याइ मेरो ढाड्मा मुड्कीले हान्दै भन्नू हुन्छ यस्तो राक्षस छोरो हुनु भन्दा त मोरेकै राम्रो । हो यहि कुरामा म सधै अल्मल पर्ने गर्छु के साच्चै मेरि आमाले मेरो मृत्यु पुकारेकी हुन त । एक चोटि भए त हैन होला पनि भन्न हुन्थ्यो तर सधै यहि भन्दै गाली गर्छिन अब मनले भनेको हो कि मुखले हो त्यो त पूरा गर्ने भगवानलाई नै थाहा होला ।

आमाले त जन्म दिए पश्चात मात्रै मरे हुन्छ भन्नु भो तर बाउले त नजन्मिएको भए राम्रो हुनथ्यो सम्म पनि भन्न भ्याउनु भयो । मैले एक दिन साथिको लहैलहैमा लागेर पल्ला घरे काकाकोमा लिच्ची चोर्न गए अर्को दिन सबैले थाहा पाए ।

कतिपयले के के भन्दै गाली गर्न थाले त कोहिले राम्रोसङ्ग सम्झाउन लागे तर कसैले पनि त मरे पनि हुन्छ भनेर चाहिँ भनेनन । तर आफ्नै बाउले भने बासको लठ्ठीले खुट्टामा हान्दै यस्तो कुलङ्गार छोरो जन्मिनु भन्दा त नजन्मेकै राम्रो भन्दै गाली गर्न थाल्नुभयो ।

यी त मेरा आफ्नै बाउ -आमा भए कहिले काही रिसको झोकमा भने होलान तर मेरा केटा- केटि साथिले भने के को झोकमा भन्छ्न कुन्नी न तिनीहरु मेरा आमा पट्टीका मावली नै नत मेरा बाउ पट्टीका काका काकी नै खै के का नाताले मलाइ मर भन्दै गाली गर्छ्न कुन्नी । मेरो एउटा केटा साथी छ उसले सबै कुरा म सङ गर्ने गर्छ अलवा उस्को गल फ्रेन्ड ।

उसले आफ्नी प्रेमिका को बारेमा मसङ्ग कहिलै पनि कुरा गरेन न त यो हो भनेर चिनायो नै । एक दिन उसकै गलफ्रेन्ड लाई मस्त सङ्गले जिस्काउन पुगेछ उ पनि एउटा कुना बाट लुकेर महिले जिस्काएको हेरिरहेको रहेछ , छुदा पनि रगत चुहिन्छ कि जस्तै रातो मुख बनाउदै रन्किदै मेरो सामुन्य आयो अनि मेरो सर्टको गलामा समात्दै भन्यो त जस्तो साथी बाच्नुभन्दा त मरेकै राम्रो ।

अब उस्ले यो कुरा मसङ कहिलै गरेन ,त्यसैले त मैले चिनेन यस्मा मेरो के दोस ? केटि जिस्काएर कसैले गाली गर्यो भन्दै मा म किन मरु ? मलाइ त रिस उठेन तर उ भने रिस ले तल माथिका ओठ टोक्दै यता उ ता हेरिरहेको थियो । म केही बोलिन उ आफ्नो प्रेमिकाको हात समाएर त्यहा बाट निस्कियो ।

मलाइ त रिस होइन सारै नै पिर पर्यो किनकि आज यति मिल्ने साथीले त मलाइ त मरेपनी हुन्छ भन्यो भने अरु त कस्ले नै म जिबित रहेको हेर्न चाह्न्छ होला र ? साथीको कुरा सुनेर हो कि या समय बस मेल खान गएर हो एक्कासि पिसा पो लाग्यो ।

हतार हतार पिसाब फेर्न जादा झुक्किएर केटिको चर्पिमा पो पसेछु । एउटि अपरिचित दिदी पिसाब फेर्दै हुनुहुदो रहेछ ।

मलाई देख्न साथ आत्तिदै आफ्नो पाइन्ट माथी सार्दै धारे हात मतिर लगाउदै कस्तो मर्न नसकेको केटो रहेछ कुन्नी अर्काको चर्पी भित्र पस्ने भन्दै बाहिर निस्किन ।

यो कुरा सुनेर अचम्म मान्दै पिसाब पनि नफेरी त्यहा बाट निस्किए । आज पहिलो पटक भेट भएकिले त मलाइ मर भनी भने झन बर्षौदेखि भेट भइरहेका साथिले त झन किन न भन्लान् र ? यति मात्र हैन म सङसङै एउटै क्लासमा पढ्ने साथिले सम्म मलाइ केही गर्‍यो कि यस्लाइ मर्न नसकेको कुत्ता भनेर कराउने गर्छन ।

अचम्म पर्छु बा , म बाच्न सकेर बाचिराको छु कि मर्न नसकेर बाचिरहेको छु । हैन म तिनीहरुले मर भनेर मर्न पर्नी हो र अजिब छ भन्या । अझ अपरिचित को भिडमा परिचीत पनि यस्तै गालि गर्दै मिसिन आउदा पो दङ्ग पर्छु भन्या । अरु को हि हैन एउटै आमाको कोख बाट दुई पाच बर्षको अन्तरमा जन्मिएकी मेरो प्यारी दिदि ।

पहिला आफैले कराउन सुरु गर्छे । कराएर जित्न सकिन भने भइमा रहेको चप्पल टिपेर मेरो गालामा बझाउने पनि उहीँ हो फेरि । अब यसरी पनि जित्न सकिन भने उसले सक्नी भनेको भित्र बसेर सकेको चिच्याउदै गालि गर्नी । गाली पनि अरु आउदैन उसलाई उसले जाने को भनेकै मर्न नसकेको कुकुर यस्तो बाच्न भन्दा त मरेकै राम्रो । मलाई कसैले भन्देउन किन सबैले मलाइ मर भन्दै गाली गर्छ्न ।

म राम्रो छैन , म रिसाहा छु , म कसैको कुरा बुझ्दिन , बाबा-आमा कसैले भनेको मान्दिन तर मेरो मन त सफा छ नि । के म मरेर सबै कुरा राम्रो हुन्छ त । घर मा काम गर्दिने मान्छे आउँछ र ? म बाहेक अरु कसैले केटि जिस्काउदैनन र ? के म मरेर केटिको चर्पीमा अरु पस्दैनन र ? अनि किन मलाइ मर भन्छौ त ?

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
5
+1
1
+1
0
+1
2
+1
2
+1
2
+1
0

सम्बन्धित समाचार

Back to top button