ट्रायल पास गर्न सक्नुभएको छैन ? अब आयो यस्तो सजिलो नियम

काठमाडौ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लागि ट्रायलमा फेल भइरहनुभएको छ भने तपाईका लागि अब खुसीको खबर छ । लिखित परीक्षा र ट्रायलमा नयाँ व्यवस्था लागु भएसंगै तपाईलाई पास गर्न सजिलो हुने भएको छ ।

गएको जेठ १ गतेबाटै नयाँ व्यवस्था लागु हुने भनिए पनि को रोना महामारीका कारण नयाँ निर्देशिका लागु हुनसकेको थिएन ।

तर, आगामी दिनमा हुने लिखित र प्रयोगात्मक परीक्षामा नयाँ नियम लागु हुने यातायात व्यवस्था विभागका सूचना अधिकारी डा लोकनाथ भुसालले जानकारी दिए ।

उनले नै यो नयाँ ब्यवस्थाले ट्रायलमा पास हुनेको दर बढ्ने विश्वास लिएका छन् । यसअघि, ३० प्रतिशतको हाराहारीमा पास हुने भए पनि अब ५०/६० प्रतिशत पास हुने भुसाल बताउँछन् ।

सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ मा लिखित परीक्षामा ८० अंक र ट्रायल (प्रयोगात्मक)मा ७० अंक ल्याए पास हुने व्यवस्था छ । यसअघि, लिखितमा ५० अंक र प्रयोगात्मकमा १०० अंक नै ल्याउनुपर्ने व्यवस्था थियो । यस्तोमा केही कमजोरी भएको अवस्थामा पनि पास हुने दर बढ्नेछ ।

सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिकाका अनुसार परीक्षामा सोधिने सबै प्रश्नहरु विभागले सार्वजनिक गरेको छ । ५०० वटा प्रश्न विभागले सार्वजनिक गरेको हो । सो प्रश्नको अध्ययन गरेपछि लिखित परिक्षा दिन पनि सजिलो हुनेछ । प्रश्नहरु विभागको वेव साइटमा देख्न सकिन्छ ।

करिब २ महिनापछी खुलेको सार्वजनिक यातायातले डिजेलको भाउ बढेको भन्दै तोकेभन्दा बढी भाडा असुली

कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको दुई महिनापछि खुलेका सार्वजनिक यातायातले तोकेभन्दा बढी भाडा लिन थालेका छन् ।

यातायात व्यवस्था विभागको वेबसाइटमा पछिल्लो भाडा बढेको मिति २०७५ साल असोज ७ गते उल्लेख छ । तीन वर्षअघि समायोजन गरिएको भाडा सूचीअनुसार चार किलोमिटरसम्मको दर रु १४ उल्लेख छ ।

त्यसपछि भाडा बढेको छैन । गत वर्ष बन्दाबन्दीपछि कोरोना महामारीबाट बच्न सरकारले सिट क्षमताको आधामात्र यात्रु राखेर ५० प्रतिशत बढी भाडा लिन पाउने निर्णय गरेको थियो ।

यस वर्ष दुईमहिने निषेधाज्ञापछि असार १५ गतेदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात खुला गर्दा यस्तो निर्णय भएको तर सार्वजनिक यातायातका परिचालकले डिजेलको भाउ बढेको भन्दै रु १४ न्यूनतम् भाडाको स्थानमा रु २५ असुल गर्न थालेका छन् । आफूखुशी रु ११ भाडा बढाएर लिएको यात्रु मङ्गलबहादुर तामाङले गुनासो गर्नुभयो ।

गौशालाबाट रत्नपार्क झर्दा रु १४ भाडा लिनुपर्नेमा बढेको छ भन्दै रु २५ लिएको उहाँले सुनाउनुभयो । यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रि«य महासङ्घले भाडा बढाउन सरकारसँग माग गरेको थियो ।

तीन वर्षअघि डिजेलको मूल्य रु १०१ हुँदा भाडा समायोजन भएको थियो । यसअघि तेलको भाउ घट्दा सार्वजनिक यातायातको भाडा घटेको छैन ।

महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य भने विसं २०६९ देखि सार्वजनिक यातायातको भाडा समायोजन नभएको दाबी गर्नुहुन्छ । महासङ्घको मागअनुसार विभागका महानिर्देशकले भाडा समायोजन हुनुपर्ने निर्णय गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रीकामा पेश भएको छ । सरकारले समायोजन नगरे व्यवसायीले गरेको गृहकार्यका आधारमा महासङ्घले बढेको घोषणा गर्ने अध्यक्ष कर्माचार्य बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button