ज्वानो पानी पिएर यसरी बन्नुहोस् स्लीम

काठमाडौ । मोटोपन अहिलेका मानिसका लागि सबैभन्दा ठूलो समस्या हो ।

पोटोपन संगै पुक्क निस्केको पेटले मानिसको ब्यक्तित्व पनि नराम्रो देखिन्छ । अहिलेको खानपान र जिवनशैलीका कारण मोटोपन धेरै मानिसका लागि समस्या भएको छ ।

त्यसका लागि अनेक उपाय अपनाउँदा पनि समस्या समाधान नभएर हैरान भएकाहरुका लागि यो प्राकृतिक उपाय हो । ज्वानो पानीवाट मोटोपन तिन महिनामा घटाउन सकिन्छ ।

एक गिलास पानीमा ज्वानो राखेर रातभरि छोडिदिनुस् । बिहान त्यस पानीलाई सानो आँचमा पकाएर आधा बनाउनुहोस् ।

त्यो आधा पानीलाई गिलासमा छानेर मह राख्नुहोस् । खाना खानुभन्दा एक घण्टा अघि त्यसलाई खानुहोस् । खाली पेटमा खाँदा यसले राम्रो काम गर्छ ।

यस्तो ज्वानोपानीमा एक चम्चा मह राखेर खाली पेट पिउनुस् । नियमित यसको सेवन गर्दा तौल घटाउन सहायता पुग्छ ।

यसवाहेक केही शारिरीक गतिविधि पनि गर्नुहोस् । कम्तिमा आधा घण्टा शारिरीक गतिविधि गर्दा पेट घटाउन अझ सजिलो हुन्छ । दिनदिनै कम्तीमा ३० मिनेट व्यायाम र योग गर्नुस् ।

स्वस्थ खानेकुरा खानुस् । तारेको, भुटेको, चिल्लो र मसला हालेको अनि मैदाबाट बनेको खानेकुरा नखानुस् ।

दिनमा कम्तीमा पनि १० गिलास पानी पिउनुस् । पानी पिउँदा शरीरका सबै अंगले राम्ररी काम गर्छन् ।

एकैचोटिमा बेस्सरी खानुभन्दा अलि अलि गरी थोरै खानुस् । बिहानको खाना १० बजेअघि र रातिको खाना सात बजेअघि खाइसक्नुस् । रातमा कम्तीमा आठ घन्टा मज्जाले सुत्नुस् ।

माधव नेपालले दिए देउवालाई पनि धोका

प्रधानमन्त्री शेरवहादुर देउवालाई पहिलो गासमै ढुंगा लागेजस्तो भएको छ ।

सत्तारुढ गठबन्धनमा रहेका दलसँग सल्लाह नगरी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाए पछि उनको विरोध सुरु भएको छ । उनले उनलाई राज्यमन्त्री बनाएकोमा गल्ती स्वीकार गरेका छन् ।

अबदेखि गठबन्धनमा सल्लाह नगरी कसैलाई पनि मन्त्री नबनाउने प्रतिबद्धता समेत देउवाले जनाएका छन् । बुधबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

उनले श्रेष्ठलाई राज्यमन्त्री बनाउँदा निकै आलोचना सहनुपरेको बताएका छन् ।

बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ुस्वार्थ बाझिने उमेश श्रेष्ठलाई किन स्वास्थ्य राज्यमन्त्री बनाएको रुु भन्दै प्रश्न गरेपछि देउवाले गल्ती भएको बताएका थिए ।

सरकार गठनका लागि बनाइएको कार्यदलसंग सल्लाह नगरी उनले श्रेष्ठलाई मन्त्री नियुक्त गरेका थिए । उनले यस्तो विरोध होला भन्ने आफुले कल्पना पनि नगरेको बताएका छन् । अब देखि यस्तो हुँदैन, अहिलेलाई गल्ती भयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारमा ढिलाइ हुँदा आलोचना सुरु भएको भन्दै तत्काल आफ्नो पार्टीबाट सरकारमा पठाउने नेताहरुको नाम बुझाउन गठबन्धनभित्रका दलहरूलाई आग्रह गरेका छन् ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा काँग्रेस सभापतिसमेत रहेका देउवाले माओवादी केन्द्र र जसपाले ढिलाइ गर्दा मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको बताएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूह तत्काल सरकारमा नजाने भएको छ ।

सत्तारुढ गठबन्धनमा सहभागी भए पनि सरकारमा भने नजाने नेपाल समूहले स्पष्ट पारेको छ ।

बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बसेको थियो ।

बैठकमा नेपाल समूहको प्रतिनिधि भएर नेता डा. विजय पौडेल सहभागी भएका थिए ।

पौडेलले आफूहरू तत्काल सरकारमा सहभागी हुने अवस्था नरहेको बताएका थिए ।

एमाले एकताको प्रयास कामय रहेका कारण सरकारमा नजाने भएका हुन् । मन्त्रीमण्डल विस्तारलगायत विषयमा छलफल गर्न बसेको सत्तारुढ गठबन्धनको बैठकमा सहभागी एमाले नेता विजय पौडैलले आफूहरु सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन् ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button