ज्वाई अष्ट्रेलियावाट आएको केही दिनमै छोरीले घर छोडेर हिँडेपछि आमा रुँदै मिडियामा, ‘छोरीकै गल्ती छ ज्वाईलाई दुख भयो’ भन्दै गरिन् बिलौना (भिडियो हेर्नुस्)

वुटवलकी धनकुमारी परियार विदेश वसेर आएकी आफ्नी छोरीको खोजीमा अहिले मिडियाको सहयोग माग्दै हिडेकी छन् । कक्षा १० मा पढ्दै गर्दा उनले विवाह गरेकी थिइन् ।

१० कक्षा पढेर उनी केही समय त्यसै बसेकी थिइन् । तर पछि ज्वाई विवाह गरेर अष्ट्रेलिया गएका थिए । ज्वाईको परिवार आर्थिक रुपले कमजोर भएका कारण छोरीलाई माइतीले नै सहयोग गर्दै आएका थिए । सविना कुमारी परियार(सिर्जना) माइतीमै बस्दै आएकी थिइन् ।

अष्ट्रेलियावाट ज्वाई आए । ज्वाई आएपछि छोरी र ज्वाईको विवाद भयो । ज्वाईले तँ अरुसंग फोनमा कुरा गर्दिरैछस् अब म तँलाई श्रीमती स्वीकार गर्दिन भने ।

विवाह भएको ५ वर्ष पछि उनीहरुबीच यस्तो विवाद भएको हो । विवाद भएपछि ज्वाई घरवाट हिँडे । पछि सिर्जनाले फोन गर्दा श्रीमानले म साथीको घरमा छु । मलाई डिस्टर्व नगर म आफै साँझ फर्कन्छु भनेर फोन राखेका थिए ।

विवाद पछि छोरी सम्बन्ध विच्छेदको लागि वकिल भेट्न जान्छु भन्दै हिडेकी थिइन् । तर फर्केर आइनन् । छोरी हराएको केही दिन पछि उनीहरु प्रहरीमा उजुरी दिन गइन् । तर प्रहरीले तिम्रो छोरीले इन्टरनेटमा धेरै कुरा गर्ने रैछ ।

त्यो इन्डिया तिर गएकी छन् । खोजी नगर्नु भनेर प्रहरीले आफुहरुलाई भनेको बताए पछि उनीहरु फर्केर आएको आमाले बताइन् ।

ज्वाईको घर परिवार नभएका कारण छोरी ज्वाईलाई पनि संगै राखेको आमाको भनाई छ । तर ज्वाई आएपछि भने घर बनाउने योजना सबै विग्र्रिएको बताइन् । आमाले पनि छोरीको नै गल्ती भएको बताउँछिन् ।

अहिले पनि ज्वाई आफ्नै घरमा रहेको र उनको स्वभाव र ब्यवहार भने राम्रै रहेको बताउँछिन् ।

यो पनि,,५५० पत्रकारलाई सङ्क्रमणः सातको निधन

कोभिड—१९ को सङ्क्रमण ५५० पत्रकारलाई देखिएको छ । नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले आज विज्ञप्ति निकाल्दै सङ्क्रमणको दोस्रो लहरसंँगै सङ्क्रमितमध्ये सात पत्रकारको निधन भएको जानकारी दिनुभयो ।

सङ्क्रमितमध्ये २० पत्रकार अस्पतालमा उपचार र तीमध्ये दुई पत्रकारको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उहाँले कोरोना सङ्क्रमण भई उपचारको आवश्यकता भएका पत्रकारका लागि निःशुल्क उपचारको प्रबन्ध मिलाउन सरकारसंँग माग गर्नुभएको छ ।

विज्ञप्तिमा संवेदनशील घडीमा अनेक कठिनाइ भए पनि कार्यस्थलमा खटिने पत्रकारलाई अझ बढी गम्भीर र सचेत रहन आग्रह गरिएको छ । “कतिपय शाखामा अक्सिजनसहितको आइसोलेशनको व्यवस्था गरिएको छ ।

यो विषम परिस्थितिमा महासंघले पत्रकारको स्वास्थ्य सुरक्षा तथा पेशागत सुरक्षामा आपत्कालीन टोली नै बनाएर काम गर्न निर्देशन गरेको छ”, विज्ञप्तिमा भनिएको छ, “सोहीअनुसार सहभागिता जनाउन सबै प्रदेश समिति र शाखासहित पत्रकारलाई महासंघ अनुरोध गर्दछ ।”

यस्तै महासंघले कोरोना सङ्क्रमणको चुनौतीपूर्ण अवस्थामा कार्यस्थलमा खटिइरहेका पत्रकारका लागि सुलभ तरिकाले पिसिआर परीक्षणलगायत स्वास्थ्य र सुरक्षा सामग्री व्यवस्था गर्न सरकारसंँग माग गरेको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button