जुनसुकै बेला निर्वाचनमा जान तयार रहन कार्यकर्तालाई ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका कार्यकर्तालाई जुनसुकै बेला निर्वाचनमा जान तयार रहन निर्देशन दिएका छन् ।

चैत १३ गते जारी अन्तरपार्टी निर्देशनमा अध्यक्ष ओलीले जुनसुकै बेला निर्वाचनमा जान तयार रहनेगरी क्रियाशील हुन निर्देशन दिएका हुन् ।

अन्तरपार्टी निर्देशनमा ओलीले भनेका छन्, ‘संसदको पहिलो बैठकको परिदृश्य र त्यस यताका घटनाक्रमले ताजा जनादेशको आवश्यकता र औचित्यलाई पुष्टि गर्दै लगेको छ ।’

सरकारमा रहँदा जनता र देशको हितमा अधिकतम परिणाम दिने गरी काम गर्ने, प्रतिरक्षामा रहनु परे तदनुरुप कै प्रभावकारी भूमिका खेल्ने र जुनसुकै पनि बेला निर्वाचनमा जान तयार रहने गरी हाम्रो पार्टी पङ्क्ति क्रियाशील हुनु पर्छ,’ निर्देशनमा भनिएको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button