जस्तोसुकै परिस्थिति आएपनि सहिदको सपना मर्न दिदैनौँ : विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जस्तोसुकै परिस्थिति आएपनि सहिदको सपना मर्न नदिने बताएका छन् ।

राष्ट्रिय सभा गृहमा सरकारसँग भएको ३ बुँदे सहमतिपछि आयोजित समारोहलाई सम्बोधन गर्दै विप्लवले संयोगले आज सुखानी दिवस पनि रहेको स्मरण गर्दै सहिदका सपना मर्न नदिने बताएका हुन् ।  ‘हामीले जस्तोसुकै कठिनाइ भोग्नुपरे सहिदको सपना मर्न दिदैनौँ’ विप्लवको भनाइ छ ।

‘विप्लव’ ले सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको सहमतिभित्र महान् आकांक्षा लुकेको बताएका छन् । उनले आजको दिन नेपाली राजनीतिक आन्दोलनको नयाँ दिनका रुपमा अंकित भएको बताए ।

उनले नेपाली राजनीतिक आन्दोलनको नयाँ दिन सफल पार्न तीन बुँदे सहमतिपत्र सफलतापूर्वक तयार पार्ने र वार्ता सफल बनाएका वार्ता टोलीका सदस्यलाई बधाईसमेत दिए ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button