जसपाको ठाकुर पक्ष अकस्मान यु टर्न हुनुको यस्तो रहेछ कारण, अब के गर्छन यादव समुह ?

काठमाडौं । केपी शर्मा ओलीले आफ्ना माग पुरा गर्ने प्रतिवद्धता जनाएको र त्यो कार्यान्वयनको क्रममा पनि रहेको भन्दै जसपाको महन्त ठाकुर पक्ष सरकारमा सहभागी भएको थियो । ओली सरकारमा सहभागी भएकै कारण विभाजनको संघारमा पुगेको जसपा फेरी एक हुने भएको छ ।

प्रधानमन्त्री शेरवहादुर देउवाले विश्वासको मत लिने बेलामा अचानक ठाकुर पक्ष पनि देउवालाई विश्वासको मत दिने निर्णयमा पुगेका थिए ।

सुरुमा संसद भवनमा प्रवेश गरेपछि विपक्षको तहमा बसेको ठाकुर समुह देउवाले पत्र लेखेरै आफुलाई विश्वासको मत दिन आग्रह गरेपछि देउवालाई मत दिन सहमत भएको थियो ।

दुवै सरकार पक्ष भएपछि अब निर्वाचन आयोगमा पार्टी आधिकारीकताको लागि दिएको निवेदन के हुन्छ भन्ने प्रश्न उठेको छ । उपेन्द्र यादव समुहका नेता मोहम्मद इस्तीयाक राईले पार्टी एकताको ढोका कहिल्यै पनि बन्द नभएको बताएका छन् ।

उनले देउवालाई विश्वासको मत दिएर पार्टी एकताका लागि ५ प्रतिशत वातावरण बनेको र अब गल्ती सच्याएर आए एकता हुने र निर्वाचन पार्टीको आधिकारीकताको लागि दिएको निवेदन फिर्ता हुने बताएका छन् ।

पार्टी नै विभाजन गरेर ओली सरकारमा सहभागी भएका ठाकुरलाई एक पछि अर्का सांसदले साथ छोड्न लागेपछि बाध्य भएर उनी अन्तिम समयमा देउवालाई विश्वासको मत दिने निर्णयमा पुगेको यादव पक्षका नेताको दावी छ ।

अध्यक्ष ठाकुर पक्षका सांसद एकपछि अर्को गर्दै यादव समूहमा लागेपछि अस्तित्व जोगाउन बाध्य भएर देउवाको पक्षमा विश्वासको मत दिएको यादव पक्षका एक नेताले बताएका छन् ।

‘उहाँहरू ओलीको मतियार बनिराख्न तयार हुनुहुन्थ्यो। तर, सांसदहरूले बुझेर साथ छाड्न थालेपछि बाध्य भएर देउवाको पक्षमा विश्वासको मत दिनुभयो’, ती नेताको भनाइ थियो।

माधव नेपाललाई राखे महेश वस्नेतले यस्तो प्रस्ताव, अब हामी तपाईको पुत्ला जलाउँदैनौं

नेकपा (एमाले)का नेता महेश वस्नेतले वरिष्ठ नेता माधवकुमार नेपाललाई सम्मानजनक वहिर्गमनको प्रस्ताव राखेका छन् । उनले एमाले पार्टी छोडेर गए आफुहरुले सम्मान गरेर विदाई गर्ने बताएका छन् ।

वस्नेत अध्यक्ष केपी शर्मा ओलीका नजिकका नेता हुन् । पार्टी भित्र बसेर पार्टी विरुद्ध खेल खेल्नुभन्दा एमाले छोडेर जान उनको सुझाव थियो ।

एमाले छोडेर गए नेपालको पुत्ला नजलाउने पनि उनले बताएका छन् । राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला विशेष प्रदेश कमिटीको बिस्तारित भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले नेपाललाई यस्तो प्रस्ताव राखेका हुन् ।

उनले नेपाललाई सम्मानजनक बिदाइ गर्न आफू तयार रहेको बताएका छन्।

नेपालको सुरक्षामा कोटेश्वर आसपासमा सुरक्षाकर्मीको संख्या बढाएकोमा पनि उनले आपत्ती जनाएका छन् ।

दुई चार वटा पुत्ला जल्यो भन्दैमा तपाईले सुरक्षा बढाउनु भयो ? उनले भने, यदि तपाईले समानान्तर गतिविधि कायम राख्नुभयो भने छोड्दैनौं ।

‘तपाईँ एमालेमा बस्न चाहनुहुन्न भने कृपया एमाले छोडनुस्। हामी पुत्ला जलाउँदैनौं। सम्मानजनक बिदाइ गर्छौ। तर, एमालेमा बसेर बर्वाद गर्नेहरुलाई युवासंघले तह लगाउनै पर्छ,’ उनले चेतावनी दिँदै भने।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button