जसपाको उपेन्द्र समुहले भन्यो साउन १० गते सम्म पर्खनुस्, ठाकुर समुह सरकारमा जान के गर्छ ?

काठमाडौ । शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि विश्वासको मत दिएको जनता समाजवादी पार्टीले अहिले नै सरकारमा को सहभागी हुने भन्ने विषयमा निर्णय नदिने भएको छ । त्यसका लागि साउन १० गते सम्म प्रतिक्षा गर्न भनिएको छ ।

सरकारमा सहभागी हुने नेताको नाम टुंगो लगाउन गम्भिर छलफल आवश्यक भएकाले तत्काल त्यसवारे केही भन्न नसकिने जसपाले जनाएको छ । यही साउन १० गतेपछि मात्रै सरकारमा सहभागी हुने गरी तयारी थालेको जसपा नेता मोहम्मद इस्तियाक राईले बताए ।

नेपाली काँग्रेसको गठबन्धन सरकार बनाउन सुरुदेखि नै महत्त्वपूर्ण भूमिका खेलेको जसपा सरकारमा सहभागी हुने कुरा भने निश्चित छ । तर यादव समूहमा कसलाई मन्त्रीमण्डलमा सहभागी गराउने भन्नेबारे छलफल भइरहेको छ ।

सरकारमा कसरी सहभागी हुने, को को जाने भन्नेमा पार्टीमा छलफल चलिरहेको र १० गतेपछि मात्रै टुङ्गो लाग्ने नेता मोहम्मद इस्तियाक राईको भनाईइ छ । अर्को महन्त ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिएको छ ।

जसपामा दुई पक्षका आधिकारीकताको विषय निर्वाचन आयोगमा विचाराधिन छ । ठाकुर समुहले देउवा सरकारमा सहभागी हुने नहुनेवारे कुनै धारणा सार्वजनिक गरेको छैन । ठाकुर समुह ओली सरकारमा सहभागी भएको थियो ।

सरकार गठनबारे छलफलका लागि आज बिहान सो पार्टीका अध्यक्ष उपेन्द्र यादव, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल छलफलमा जुटेका थिए ।

दुई जनाबाहेक देउवालाई समर्थन गर्ने नेपाल समूहकै

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा २२ जना एमाले सांसदले फ्लोरक्रस गरे भने १० जना सांसदले कतै पनि मतदान गरेनन्।

सूर्य चिह्नबाट निर्वाचित भएका बृजेशकुमार गुप्ता पनि अनुपस्थित भए।

एमालेका भीम रावलसहित ३३ जना सांसदले पार्टीको ह्विप उल्लंघन गरेका छन्। रावलले सांसदबाट राजीनामा नै दिए भने अन्य ३२ जना सांसदमध्ये १० जनाले मतदान बहिस्कार नै गरेका थिए।

एमालेमा सांसदले असहयोग गरेका कारण पार्टीभित्रको संकटबाट उम्किन एमाले अध्यक्ष केपी ओलीलाई निकै चुनौती थपिएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले संसद्मा लिएको विश्वासको मतको पक्षमा १६५ र विपक्षमा ८३ मात्रै मत खस्यो। यसले १२१ सिट संख्या भएको एमाले पार्टीको धरातल कमजोर हुन पुग्दा पार्टी नै धरापमा परेको छ।

अदालतले अपदस्थ गरेका प्रधानमन्त्री केपी ओलीको पार्टीभित्रको विवाद मिलाउन नसक्दा कै समस्याले यो अवस्थाको सिर्जना भएको विष्लेषण छ। ३३ जनाले ह्विप उल्लंघन गरिरहँदा ३१ जना माधव नेपाल पक्षकै हुन्।

एमाले पार्टीले तटस्थसमेत नबस्न ह्विप जारी गरेको थियो। रावलले राजीनामा र १० जना नेपाल समूहका सांसदले मतदान बहिस्कार गरेपछि देउवालाई विश्वासको मत दिनेमा माधव नेपाल समूहका २२ जनामध्ये १४ र ओली समूहका ८ जना देखिए पनि अन्तत दुई जना मात्रै ओली समूहका हुन्।

यद्यपि उनीहरूमध्ये ६ जना केही महिना अघि मात्र माधव नेपाल समूहबाट ओली समूहमा गएका थिए। यो समाचार आजको नागरिक दैनिकमा छ

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button