जब ठाँटका साथ रेशम चौधरी निर्वाचन कार्यालय पुगे ..
काठमाडौं । जनता समाजवादी पार्टीका नेता रेशम चौधरी जे ल मा छन् । टिकापुर घटनामा अदालतवाट दो षी सावित भएका कारण उनी जे ल परेका हुन् ।
तर सोमवार उनी सुरक्षा घेरामा बडो ठाँटका साथ निर्वाचन कार्यालय पुगेका छन् । जसपाको आधिकारिताको विषयमा विवाद भएपछि उनी सनाखतका लागि निर्वाचन कार्यालय पुगेका हुन् ।
डिल्लीबजारस्थित कारागारमा पार्टीको आधिकारिकताको लागि सनाखत गर्न नमानेपछि सांसद रेशम चौधरीलाई सुरक्षा घेराका साथ निर्वाचन आयोग पुर्याइएको छ।
गृह मन्त्रालय र कारागार व्यवस्थापन विभागको स्वीकृतिपछि सांसाद चौधरीलाई डिल्लीबजार कारागारबाट आयोग पुर्याइएको हो। तर निकै कडा सुरक्षा ब्यवस्थाबीच निर्वाचन कार्यालय पुगेका उनी सांसद रेशम चौधरी तटस्थ बस्ने भएका छन्।
आयोग पुगेपछि दुवै पक्षका नेताहरुसँग छलफल गरेर सांसद चौधरीले तटस्थ बस्ने निर्णय गरेका हुन्।
जनता समाजवादी पार्टीको आधिकारिताका लागि भएको सनाखतमा अध्यक्ष उपेन्द्र यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरेका छन्। अध्यक्ष महन्थ ठाकुरको पक्षमा १६ जनाले सनाखत गरेका हुन्।
लुम्बिनी प्रदेशवाट सांसद हराएपछि प्रहरीमा खोजीका लागि निवेदन
लुम्बिनी प्रदेशसभा सदस्य पुर्मती ढेंगामगर एकाएक पार्टीको सम्पर्कवाट हराएपछि लुम्बिनी प्रदेशमा उनको खोजी थालिएको थियो ।
मुख्यमन्त्री शंकर पोखरेलसंग आफु निकै तनावमा रहेको बताएकी उनी त्यसपछि सम्पर्क विहिन भएकी थिइन् ।
आइतवार विहान देखि सम्पर्क विहिन भएकी सांसद पुर्मतीको खोजीका लागि भन्दै प्रहरीमा निवेदन समेत दिइएको थियो ।
तर उनी सोमवार फोन सम्पर्कमा आएको भएपनि कसैलाई भेटेकी छैनन् । उनले मुख्यमन्त्री पोखरेलसंग घरमै छु भनेकी थिइन् । तर पार्टीका नेताहरु घरमा जाँदा उनी घरमा नभएको बताइएको छ ।
उनी सम्पर्कविहीन भएपछि जनता समाजवादी पार्टी ९जसपा० लुम्बिनी प्रदेश समितिका मुख्य सचिव यज्ञ पोखरेलले इलाका प्रहरी कार्यालयमा खोजी गरिदिन निवेदन दिएका थिए ।
ढेंगाले आफू निकै तनावमा भएकाले पार्टी नेताहरुको फोन नउठाएको बताएकी थिइन् ।
उनी सम्पर्क विहिन भएपछि पार्टीका नेताहरुले सयौं पटक फोन गरेका थिए । उनको फोन नउठेपछि कुनै अप्ठेरोमा परिन् की भन्दै खा्जी थालिएको थियो । घरमै छु भनेर मुख्यमन्त्रीलाई भनेकी भएपनि रुपन्देहीको तिलोत्तमा महुबारीस्थित घरमा भने उनी फेला परिनन् ।
उनी घरमा फेला नपरेपछि फेरी खोजी थालिएको छ ।
पाल्पाबाट समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य भएकी ढेंगा विगतमा काठमाडौंमा होटल र वैदेशिक रोजगार व्यवसाय गर्ने गर्दथिन् । पार्टी स्रोतका अनुसार व्यवसाय गर्दाको ऋणका कारण पनि उनी तनावमा छिन् ।
सत्तारूढ एमालेले आफ्नो पक्षमा बहुमत पुर्याउन ढेंगलाई क ब्जा मा लिएको हुन सक्ने जसपाले जनाएको छ ।
जसपाका लुम्बिनी प्रदेश महासचिव यज्ञ पोखरेलले सांसद ढेंगामगर सम्पर्कमा नरहेकाले खोजबिनका लागि प्रहरीमा निवेदन दिएको बताए ।
‘उहाँ हिजो दिउँसोदेखि सम्पर्कबाहिर हुनुहुन्छ । हामीले पनि खोजबिन गरिरहेका छौं । प्रहरीलाई पनि निवेदन दिएका छौं,’ उनले भने ।