जनार्दन शर्मा देउवा सरकारमा मन्त्री बन्दै, पाउने भए यो महत्वपूर्ण मन्त्रालय

सर्वोच्च अदालतको आदेशअनुसार मंगलबार (आज) प्रधानमन्त्री बन्न लागेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शपथ लिने भएका छन्। राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको छ।

सर्वोच्च अदालतले मंगलबार दिउँसो पाँच बजेभित्र देउवालाई प्रधानमन्त्रीको सपथ गराउन सोमबार आदेश दिएको थियो। यो संगै देउवा पाचौँ पटक प्रधानमन्त्री बनेका छन्।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणका अनुसार प्रधानमन्त्रीको सपथसँगै सानो मन्त्रिपरिषद् मंगलबार नै बन्ने छ। देउवाले त्यसका लागि शीर्ष नेताहरू बसेर टुंगो लगाउँदै छन्।

पहिलो चरणमा कांग्रेसबाट प्रकाशमान सिंह, ज्ञानेन्द्र बहादुर कार्की, डा.मिनेन्द्र रिजाल, वालकृष्ण खाँड, गगन थापा, डा.नारायण खड्का, भरत शाह, दिलेन्द्र बडु र डिला संग्रौलामध्ये दुई जनालाई शपथमा साथै लैजाने देउवाको तयारी छ ।

यसमध्ये खाँड, कार्की र डा.रिजालमध्येलाई प्रधानमन्त्रीको शपथमा सँगै लैजाने देउवाको तयारी रहेको स्रोतको दाबी छ । त्यस्तै माओवादी केन्द्रबाट जनार्दन शर्मा र वर्षमान पुन ‘अनन्त’ पहिलो चरणमा मन्त्री बनाउने तयारी छ ।

त्यस्तै जनता समाजवादी पार्टी(जसपा)को उपेन्द्र यादव पक्षले पनि मन्त्रीहरूको नामको अन्तिम तयारी गरिरहेको छ ।

जसमध्ये कांग्रेसले गृह मन्त्रालय पाएको खण्डमा खाँडलाई गृहको जिम्मेवारी दिने तयारी छ । त्यस्तै माओवादी केन्द्रका शर्मालाई जलस्रोत र पुनलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइने स्रोतको दाबी छ ।

जसपाका तर्फबाट स्वास्थ्य, भौतिक योजना तथा परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना रहेको छ । कांग्रेस सभापति देउवा आफ्ना पार्टीका नेताहरूसँग मन्तिपरिषद् लगायतका विषयहरूमा छलफलमा व्यस्त रहेका छन्।

पदमुक्त हुन् लागेका प्रधानमन्त्री ओलीले केहीबेरमा गर्दै छन् देशवासीका नाममा सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्नुहुनेछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहरदबारबाट उहाँले अपराह्न २ बजे सम्बोधन गर्ने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि आजदेखि ओली पदमुक्त हँुदै हुनुहुन्छ । उहाँले आजै प्रधानमन्त्रीको सरकारी निवास पनि छाड्दै हुनुहुन्छ ।

विसं २०७४ फागुन ३ मा नियुक्त भएपछि नेकपा(एमाले) संसदीय दलका नेता ओली तीन वर्ष चार महिना प्रधानमन्त्रीमा रहनुभएको थियो । यस्तै प्रधानमन्त्रीले अपराह्न सम्बोधन गर्ने भएपछि एमाले स्थायी कमिटी बैठक पनि स्थगन गरिएको छ ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङले आज अपराह्न १ बजे बोलाइएको बैठक स्थगन गरिएको जानकारी दिनुभयो ।

यसैबीच एमाले विवाद समाधान कार्यदलले आफ्नो सहमतिका बूँदा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई बुझाएको छ । यसअघि सोमबार अध्यक्ष ओलीलाई सो सहमति बुझाइएको थियो ।

नेता नेपालले पार्टी एकता अघि बढाउन आफू विपक्षी गठनबन्धनबाट अलग भएको जानकारी दिइसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button