जनता निराश छन् भन्दै जन्मदिन नमनाउने पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गरे यस्तो विज्ञप्ति
खोप र उपचार पाउन नसकेर जनता निराश भएको बेला आफूले जन्मदिन नमनाउने उद्घोष उहाँले गर्नुभएको हो । शाहद्धारा जारी विज्ञप्तिमा जनतामा पैदा भएको निराशा तथा भोग्नु परेको पीडालाई ध्यानमा राख्दै यही असार २३ गतेको जन्मदिनलाई उत्सवका रुपमा नमनाउने निर्णय गरेको कुरा उल्लेख छ ।
शाहले बुधबार राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रवन्ध र व्यवस्थापनसंक्रमण, संकट र अन्योलको अवस्थामा देखापरेको बताएका हुन्।
शाहले परिवर्तन र अग्रगमनका चर्का नारा घन्काए पनि जनताले ठोस सुख सुविधा नपाएको बताए। ‘आफ्ना मूल्य, मान्यता तथा अस्तित्वलाई समाप्त पार्ने तर सही सिर्जना र सार दिन नसक्ने, आज नेपाली जनताको मन अशान्त रहेको छ’ ।
शाहले जारी विज्ञप्तिमा भनेका छन्, ‘आजको विश्व एकतर्फ नयाँ ज्ञान विज्ञान र अत्याधुनिक प्रविधिको विकासमा अघि बढिरहेको छ भने दुर्भाग्यवश हाम्रो जीवन र जगतलाई विविध प्रकारका नयाँ रोध व्याधि र महामारीले सताइरहेको छ।’ शाहले बुधबार राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रवन्ध र व्यवस्थापनसंक्रमण, संकट र अन्योलको अवस्थामा देखापरेको बताउनु भएको हो ।
कक्षा १२ को परीक्षा साउन अन्तिम सातामा हुने
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमति मागेको छ ।भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने भन्दै बोर्डले परीक्षाका लागि अनुमति मागिएको जनाएको छ ।
बोर्डका अध्यक्ष प्रा.चन्द्रमणि पौडेलले परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिएलगत्तै आफूहरूले परीक्षाको प्रक्रिया अगाडि बढाउने जानकारी दिए ।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले २०७६ चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गर्दै परीक्षाहरु स्थगित गरेको थियो ।सरकारले मंगलबार मध्यरातिदेखि लकडाउन हटाइएको छ भने भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न अनुमति दिइएको छ ।
अध्यक्ष पौडेलले लाखौँ विद्यार्थी सहभागी हुने परीक्षा भएका कारण अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न नसकिने स्पष्ट गरे । केही समय ढिला भए पनि भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने योजना बोर्डले बनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा थप खुकुलो बनाइदै, सार्वजनिक बस लगाएत पसलहरु खुल्ने
काठमाडौं उपत्यकामा फेरि एक हप्ता निषेधाज्ञा थप्ने तयारी भइरहेको छ। त्यसका लागि छलफल गर्न आज दिउँसो ३ बजे तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संयुक्त बैठक बस्ने तयारी भैरहेको छ।
थप खुकुलो बनाउँदै काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी नै राख्ने तयारी गरिएको छ। पछिल्लोपटक थप गरिएको निषेधाज्ञा सोमबारसम्म छ। सम्भवत आज बेलुकीसम्म बैठक बस्नेछ।
सार्वजनिक यातायात जोर-बिजोर गरेर गत सातादेखि नै सञ्चालनमा आएका छन्। पसलहरू बिहान ६ देखि बेलुकी ७ बजेसम्म चल्न दिइएको छ।
पछिल्लोपटक थपिएको निषेधाज्ञामा २५ वटाभन्दा बढी सिट भएका सार्वजनिक बसलाई जोर बिजोर प्रणालीका आधारमा सञ्चालन हुन दिइएको छ भने खाद्यपसल बिहान ६ बजेदेखि तथा अन्य पसल पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खुला गरी सहज बनाइएको छ।
यसपटक थपिने निषेधाज्ञा अझ खुकुलो बनाउने तयारी भइरहेको हो। काठमाडौं उपत्यकामा गत वैशाख १६ मा सुरु निषेधाज्ञा पकटपकट अवधि थपेर लम्ब्याउने क्रम जारी छ। तर क्रमशः खुकुलो पनि बनाउँदै लगिएको छ।