जनतालाई भोकै मर्न दिइने छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका निषेधाज्ञालगायत कदममा सहयोग र साथ दिन सबैमा आग्रह गरेका छन्।

 कोभिड–१९ र समसामयिक विषयमा आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गत वर्ष प्रवेश गरेको महामारीलाई एक हदसम्म नियन्त्रणमा ल्याइए पनि पुनः प्रवेश गरेको दोस्रो लहरबाट जनजीवन प्रभावित भएकाले यसमा सचेत हुन अनुरोध गरे।

उनले छिमेकी र मित्रराष्ट्रलाई अक्सिजनलगायत स्वास्थ्य पूर्वाधारमा सहयोग गर्न पनि आग्रह गरे ।  

प्रधानमन्त्री ओलीले गत वर्ष नै उपप्रधानमन्त्रीका संयोजकत्वमा कोभिड रोकथाम र नियन्त्रणका लागि उच्चस्तरीय समिति गठन गरिएको र त्यसबाट सरकारी निकायबीच समन्वय गरिएको तथा देशभर होल्डिङ सेन्टर र क्वारेन्टिन व्यवस्थापन गराइएको स्मरण गर्दै स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा नेपालले क्रमशः प्रगति हासिल गरेको जनाए ।  

सबै जसो अस्पताललाई पिसिआर परीक्षण गर्न सक्ने व्यवस्था गरिएको जनाउँदै उनले कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहोस्, कसैले पनि उपचार नपाएर मानिसको ज्यान ज्यान नपरोस् भनेर सरकारले सहजता अपनाएको बताए । उनले भने, ‘जनताको स्वास्थ्य सुरक्षा पहिलो दायित्व हो ।

निषेधाज्ञाका कारण जनतालाई भोकै मर्न दिइने छैन । यस स्थितिमा  पनि अर्थतन्त्र र रोजगारीलाई गतिशील बनाइनेछ । जनताको उपचार र सेवामा सबैको त्याग, लगनशीलता र समर्पणको म प्रशंसा गर्दछु ।’

उनले शय्या लुकाउने वा अनिययमिता जस्ता कार्य भेटिएका कारवाही गरिने स्पष्ट गर्दै अक्सिजन उत्पादन बढाउन पनि पहल भइरहेको जनाए । 

यो पनि,,,भक्तपुरको चाँंगुनारायणमा सय बेडको आइसोलेसन वार्ड तयार

कोभिड विरामीको उपचारका लागि वार्ड अभाव भइरहेको बेला सरकारले भक्तपुरको दुवाकोटमा एक सय बेडको आइसोलेसन वार्ड तयार पारेको छ ।

जिल्लाको दुवाकोट चाँंगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) मा एक सय बेडको आइसोलेसन वार्ड तयार पारेको हो । केही दिनको तयारी पछि अहिले त्यहाँं विरामी राख्न मिल्ने बनेको छ ।  

नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठले कलेजले त्यसका लागि ठाउँं मात्रै उपलव्ध गराएको स्पष्ट पारे ।

बाँंकी सवै काम नेपाल सरकारले नै गरेको उनले स्पष्ट पारे । बेड र त्यसका लागि आवश्यक सम्पूर्ण सामाग्री जस्तै प्रत्येक वेडका लागि चाहिने ओढ्ने, ओछ्याउने, पिलो, तन्ना, सावुन, रुमाल, टुटपेष्ट, मन्जनलगायतका सम्पूर्ण सामानको एक सय सेट सरकारले नै व्यवस्था गरिदिएको उनले जनाए ।

साथै बेड राख्ने सम्पूर्ण काम पनि सरकारले नै गरेको उनले जनाए । शनिबार विहानसम्म त्यहाँं विरामी भने पुगेको छैन । तर विरामी ल्याउनका लागि सोधपुछको काम भने सुरु भएको जनाइएको छ ।  

यसअघि पनि पहिलो चरणको कोरोनाको बेला त्यहाँं बेड विस्तार गरिएको थियो । तर त्यतिवेलासम्म संक्रमणको संख्या निरन्तर कम हुँंदै गएकाले विरामी राख्नुपरेको थिएन ।

त्यसपछि प्रशासनसँंगै समन्वय गरी कलेजले बेड हटाई सामानहरु सवै स्टोरमा राखेको थियो । अहिले त्यही बेडको विस्तार गरिएको हो ।  

देशभरसँंगै भक्तपुरमा पनि कोरोनाको संक्रमण वढ्दो छ । जिल्लामा भक्तपुर, मध्यपुर, चाँंगुनारायण र सूर्यविनायक गरी चार वटा नगरपालिकाहरु रहेका छन् ।

यी चारमध्ये जिल्लामा सवैभन्दा बढी कोरोना संक्रमित क्रमशः मध्यपुर थिमि, सूर्यविनायक, भक्तपुर र चाँंगुनारायण नगरपालिकाहरुमा छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले राखेको तथ्यांक अनुसार हालसम्म पीसीआर पोजेटिभ हुनेहरुको संख्या (वैशाख १७ गतेसम्म) मध्यपुर थिमिमा ५५, सूर्यविनायकमा ३८, भक्तपुरमा २२ र चाँंगुनारायणमा ७ जना संक्रमितहरु छन् । साथै पाँंच जना सम्पर्कविहीन छन् ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button