‘छक्का पञ्जा ३’ले युट्युबमा राख्यो नयाँ रेकर्ड

२६ पुष,काठमाडौं। दिपाश्री निरौलाले महानायक राजेश हमालको बारेमा दिएको प्रतिक्रियाको कारण चर्को आलोचना खेपिरहेका दिपक–दिपाले यतिबेला भने ‘छक्का पञ्जा–३’ यूूट्युवमा रिलिज भएसँगै सकारात्मक प्रतिक्रिया पाएका छन् ।

 यसबीच, दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको फिल्म ‘छक्का पञ्जा ३’ ले यूट्युबमा नयाँ रेकर्ड राखेको छ ।

१७ दिनअघि यूट्युबमा सार्वजनिक भएको फिल्मलाई एक करोडभन्दा बढी भ्यूज पाएको छ । यति छोटो समयमा यूट्युबमा करोड भ्यूज पाउने यो पहिलो फिल्म हो। यसअघि यो रेकर्ड ‘ए मेरो हजुर ३’ ले तोडेको थियो ।

 दीपाश्री निरौलाले निर्देशन गरेको फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दीपिका प्रसाईं लगायतको मुख्य भूमिका रहेको छ। नेपालको सामुदायिक विद्यालयमा हुने गरेको शैक्षिक स्थितिलाई फिल्मले कथामा उठान गरेको थियो । फिल्मले बक्सअफिसमा आक्रामक कमाई गरेको थियो ।

सो फिल्म सिनेमा हलमा निकै रुचाइएको थियो । फिल्मलाई यूट्युबमा सकारात्मक प्रतिक्रिया मिलेको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
3

सम्बन्धित समाचार

Back to top button