चीनबाट २० हजार सिलिन्डर आउँदै

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अर्को हप्ता चीनबाट ती सिलिन्डर आउने जानकारी दिनुभयो ।

उहाँले मुलुकमा अक्सिजनको अभाव नभए पनि सिलिन्डर नहुँदा समस्या परेको बताउनुभयो । “हामीसँग अक्सिजन ग्यासको कमी छैन”, उहाँले भन्नुभयो, “तर सिलिन्डर नहुँदा बिरामीका लागि अक्सिजन पु¥याउन कठिन भएको हो ।”

मन्त्रालयले प्राणवायु (अक्सिजन)को सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन दिएको छ ।

मन्त्रालयले अस्पताल र सर्वसाधारणलाई खाली सिलिन्डर मौज्दात (होल्ड) नराख्न अनुरोध गरेको छ । नेपालमा अहिले देशभरका ३० अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएका छन् ।

ती अस्पतालबाट दैनिक दुई हजार ५४९ सिलिन्डर भर्नसक्ने क्षमता रहेको मन्त्रालयले जनाएको छ । केही अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्कसमेत जडान गरिएको छ । अस्पतालसँग छ हजारभन्दा बढी र अक्सिजन बिक्रेताले दैनिक आठ हजार सिलिन्डर भर्न सक्ने क्षमता रहेको छ ।

यो पनि,,,,पूर्वराजा र प्रेरणाको स्वास्थ्यमा सुधार, पूर्वरानी र नेता खनालको स्वास्थ्यका बारेमा अस्पतालले दियो यस्तो जानकारी

कोरोना पुष्टि पछि उपचाररत पूर्वरानी कोमलको अझै आइसीयुमै राखेर उपचार जारी छ । त्यस्तै नेकपा एमालेका नेता झलनाथ खनालको पनि अक्सिजनमै राखेर उपचार जारी छ ।

उनको स्वास्थ्यमा सुधार आइरहेको अस्पतालले जनाएको छ । पूर्व राजा ज्ञानेन्द्र शाहको स्वास्थ्य स्थितर रहे पनि पूर्वरानी कोमल भने आईसीयूमै रहेको अस्पतालले जनाएको छ ।

कोरोना पुष्टि पछि पूर्वराजा रानी र उनीहरुकी छोरी प्रेरणा शाहको पनि नर्भिक अस्पतालमा उपचार जारी छ । एमाले नेता खनालको पनि नर्भिक अस्पतालमै उपचार गरिएको छ ।

पूर्वराजा र प्रेरणाको स्वास्थ्यमा सुधार आएको भएपनि पूर्वरानीको भने आईसीयूमा उपचार जारी छ । अस्पतालले पूर्वरानी कोमलको स्वास्थ्य अवस्थामा पनि लगातार सुधार भइरहेको जनाएको छ ।

कोमललाई शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो। राजदम्पती कोरोना भएपछि छोरी प्रेरणासहित ११ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन्। नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर छ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button